चितवन टाईगर्स र पुलिस बिजयी



काठमाडौं, (नेस)
आदिअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा चितवन टाईगर्स र नेपाल पुलिसले बिजयी शुरुवात गरेका छन् । शनिवार भएको उद्घाटन खेलमा अमेरिकी खेलाडी सम्मिलित चितवन टाईगर्सले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हरायो । पहिलो र तेश्रो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै पनि सेट आफ्नो पक्षमा पार्न सकेन । चितवन टाईगर्सले २५–२१, २५–१३ र २५–२२ को सेटमा जित निकाल्यो । चितवन टाईगर्सले पश्चिमाञ्चलकी मन्जु गुरुङको कप्तानीमा तीन अमेरिकन खेलाडी कोर्टमा उतारेको थियो । त्यस्तै पश्चिमाञ्चलकी अरुणा शाहीले सेटरको नया भूमिकामा चितवन टाईगर्सको सदस्य बनेकी छन् ।

नेपाल आर्मीमा भने न्यु डायमण्डबाट खेल्दै आएकी सेटर कृपा अधिकारी नयाँ खेलाडीको रुपमा कोर्टमा उतारे पनि अन्य खेलाडी पुरानै थिए । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको दोश्रो खेलमा पुलिसले पोखरा पिङकेजलाई २५–१३,२५–१४ र २५–११ को सोझो सेटमा हरायो । भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्