सन्दिप एनसेल ‘स्टार हम्बल हिरो’मा आबद्ध



काठमाडौं, (नेस)
एनसेल प्रालिले नेपाललाई राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«य स्तरमा गौरवान्वित बनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई वर्षका लागि आबद्ध गरेको छ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहीबार एक कार्यक्रम माझ गरेको हो। कार्यक्रम सिफलस्थित बालमन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो। त्यहाँ सन्दिपले बालमन्दिरका बालबालिकाहरूलाई सम्बोधन गर्दै, उनीहरूसँग कुराकानी गर्दै उनीहरूलाई हौस्याएका थिए। बालबालिकाहरूले सन्दिपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए।

‘देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले शुरू गरेको यो पहल वास्तवमै सरहानीय छ। यसले हामी सबैलाई आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केही गर्ने उर्जा प्रदान गर्ने विश्वास छ,’ –सन्दिपले भने।

‘नेपाली क्रिकेटका चम्किला तारा सन्दिपलाई स्टार हम्बल हिरोका रूपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं। उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यसित मेल खान्छ,’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्ले भने।

प्रतिक्रिया दिनुहोस्