साप्ताहिक राशिफल: असोज १३ देखि १९ गतेसम्म



मेष ः
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । शनिबार, मंगलबार र बुधबार धनलाभ, सुखशान्ति, कार्य सफल होला । कोसेली, पुरस्कार प्राप्ति, साथीभाइबाट सहयोग प्राप्त हुने देखिन्छ । खाद्यान्न प्राप्तिको समेत सम्भावना छ । तर बाँकी दिनहरु त्यति उपलब्धिमूलक देखिँदैनन् । चोटपटक, स्वास्थ्य समस्या, आँखामा समस्या आउन सक्छ । साथै आम्दानी कम हुँदा खर्च धान्न धौ–धौ पर्ला ।
वृष ः
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । साताको शुरु शनिबार रोगव्याधिको भय, धननाश हुने देखिन्छ । साताको मध्यभाग मंगलबार र बुधबार आर्थिक भार बहन गर्न गाह्रो पर्ला । तनाव, सन्ताप, मानसिक अस्थिरता नहोला भन्न सकिन्न । तर बाँकी दिनहरुमा भने आफ्नो बोली बिक्ने हुँदा कार्य सफल हुने देखिन्छ । साथै केही आर्थिक लाभ, उपहारादि वस्तु प्राप्ति होला ।
मिथुन ः
तपाईंका लागि यो साता ठिक्कै फल दिनेवाला छ । साताको शुरु शनिबार अनि साताको मध्य मंगलबार र बुधबार सुखशान्ति होला । कोसेली, पुरस्कार प्राप्ति, कार्य सफल हुने देखिन्छ । मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ । तर बाँकी दिनहरु उपलब्धिमूलक देखिँदैनन् । धनहानि, मानसिक तनाव, चोटपटक, स्वास्थ्य समस्या हुनसक्छ । आम्दानीको तुलनामा खर्च धेरै होला । काममा बाधा होला ।
कर्कट ः
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु उत्तम फलदायक छन् । साताको शुरु र अन्त्यका दिनहरुमा धन प्राप्ति, खाद्यपदार्थ प्राप्ति, पुरस्कार÷उपहार प्राप्ति, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ । व्यापारमा सफलता हासिल होला । जोश–जाँगर बढ्नेछ । तर मंगलबार र बुधबार भने स्वास्थ्यमा समस्या देखिएला । साथीभाइ, इष्टमित्रसँग विवाद पर्न सक्छ, होसियार रहनुपर्ला । अधिक खर्च होला ।
सिंह ः
तपाईंका लागि साताका शुरुका दिनहरु धेरै उत्तम फलदायक छन् । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलो वातावरण होला । उत्तम भोजन प्राप्ति, पुरस्कारको सम्भावना, सानो बोलीले ठूलो काम बन्ने देखिन्छ । आर्थिक उन्नति एवम् मान–सम्मान बढ्ला । व्यापारीलाई विशेष लाभ हुने सम्भावना छ । साताको अन्त्यमा भने व्यर्थमा खर्च, दौडधुप, दिनचर्या अस्तव्यस्त होला ।
कन्या ः
तपाईंका लागि साताका शुरुका दिन लाभदायक छन् भने अन्त्यका दिनहरु फलदायक देखिँदैनन् । सोमबारसम्म पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, मान–सम्मान वृद्धि, इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ । त्यसपछिका दिनहरुमा भने खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधुप हुनेछ । अपच, वायु–गानोगोला जस्ता पेटको समस्या नहोला भन्न सकिन्न । आलस्यता बढ्नाले जाँगर हराउला ।
तुला ः
यो साता आंशिक फलदायक देखिन्छ । साताको शुरु र अन्त्यका दिनहरुमा अलि प्रयास गरेमा आर्थिक लाभ होला । कुनै पनि कुरामा विजय हुने सम्भावना छ । कार्यसिद्धि, मानमर्यादामा वृद्धि होला । तर आइतबारदेखि बुधबारसम्म तनाव, धन हानि, कार्य असफल हुने देखिन्छ । निरर्थक दौडधुप होला । शोकसन्ताप, साथीभाइसँग विवाद हुन सक्छ । सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
वृश्चिक ः
साताको पूवार्ध भाग धेरै उत्तम फलदायक छ । धनलाभ, मानसम्मान, समस्या समाधान, बाहन सुख हुनेछ । परीक्षा, खेलकुद, मुद्दामामिलामा विजय हुने सम्भावना छ । लाभकारी यात्राको सम्भावना छ । शुभ समाचार मिल्ला । तर मंगलबारदेखि दिनहरु त्यत्ति फलदायक देखिँदैनन् । रोगको भय, कार्यमा बाधा, आर्थिक नोक्सानी हुने देखिन्छ । राज्यबाट भय, अपयश, प्रतिष्ठामा आँच आउने सम्भावना छ ।
धनु ः
तपाईंका लागि साताका मध्यदिनहरु उत्तम फलदायक देखिन्छन् । कतैबाट आर्थिक लाभ होला । परीक्षा, खेलकुदजस्ता प्रतिस्पर्धात्मक प्रतियोगितामा विजय हुने देखिन्छ । कार्य सफल हुने, मानप्रतिष्ठामा वृद्धि हुनेछ । तर आज शनिबार र बिहीबारदेखि भने दिनहरु सन्तोषजनक देखिँदैनन् । तनाव हुने, धन हानि हुने,, कार्य अधुरो हुने देखिन्छ । निरर्थक दौडधुप नहोला भन्न सकिन्न । खर्च वृद्धि होला ।
मकर ः
शुरुमा रोगव्याधिको भय, कष्ट, थालेको काममा बाधा, आकस्मिक खर्च भए पनि तपाईंका लागि यो साताको धेरैजसो दिन फलदायक नै छन् । मंगलबारबाट सबै समस्या समाधान हुनेछन् । राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ । राजनीतिकर्मीहरुका लागि झनै सफलता हुने देखिन्छ । कतैबाट राम्रै आर्थिक लाभ होला ।
कुम्भ ः
साताको प्रायः सबै दिनहरु उपलब्धिमूलक देखिँदैनन् । वायु विकारले पेट दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने समस्या आउन सक्छ । आकस्मिक खर्चको सामना गर्नुपर्ला । मानसिक चञ्चलताले के गरौं र कसो गरौंको अवस्था आउन सक्छ । विनाउपलब्धिको यात्रा नहोला भन्न सकिन्न । कसैसँग विवादको सामना गर्नुपर्ला । काममा जाँगर हराउनेछ । तर आज शनिबार सावधानीवश गरिएको कार्य सफल हुनसक्छ ।
मीन ः
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । के गर्ने, के नगर्ने भनेर निर्णय लिन नसक्ने अवस्था आउन सक्छ । तर पनि साताको मध्यभाग आइतबार र सोमबार सेवा–व्यवसायबाट लाभ हुनाले आर्थिक समस्या समाधान हुनेछ । बौद्धिक क्षमताको प्रयोगबाट राम्रै काम होला । बाँकी दिनहरुमा भने इष्टमित्रसँग विवाद पर्ला । परिश्रमअनुसारको आम्दानीमा रोकावट आउन सक्छ । बुद्धि–विवेक पु¥याउनुपर्ला ।

प्रतिक्रिया दिनुहोस्