भारत: क्षेप्यास्त्र परीक्षण



नयाँदिल्ली,(एजेन्स्ी)
भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने स्वदेशमै निर्मित क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ भारतिय रक्षा मन्त्रालयले जनाएको छ । भारतको पूर्वी उडिसा राज्यको तटीय क्षेत्रमा बुधबार अपराह्न उक्त क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको हो ।

भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको बताइएको छ । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशाना भेदन गरेको पनि रक्षा मन्त्रालयले जनाएको छ । भारतिय प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाले पहिलोपटक आकाशबाट आकाशमै मार हान्न सक्ने यस्तो अत्याधुनिक क्षेप्यास्त्र निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्