रोनाल्डोले युनाइटेडविरुद्ध खेल्ने



मिलान, (एजेन्सी)
युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले युईएफा च्याम्पियन्स लिगअन्तर्गत उनको पूर्व क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्न पाउने भएको छ ।
युईएफाले गत च्याम्पियन्स लिग खेलमा रातो कार्ड पाएका रोनाल्डोलाई एक खेलमा मात्रै प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले युनाइडेसँग खेल्न पाउने भयो । ३३ वर्षीय पोर्चुगलका कप्तानले गत साता युभेन्टसले २–० ले जितेको खेलमा भ्यालेन्सियाका डिफेन्डर जेइसन मुरिलोको रौँ तानेका थिए ।

रोनाल्डोको यो करियरकै पहिलो च्याम्पियन्स लिग रातो कार्ड थियो । यो कार्ड पाएपछि उनले थप २ खेल खेल्न नपाउने आशंका भएको थियो । तर युईएफाले एक खेलमा मात्रै प्रतिबन्ध लगाएपछि उनले २३ अक्टोबरमा ओल्ड ट्राफोर्डमा हुने खेल खेल्न मौका पायो । तर उनले स्विस टोली योंग ब्वाइजविरुद्ध २ अक्टोबरमा हुने च्याम्पियन्स लिग खेलमा खेल्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्