चितवन टाईगर्समा अमेरिकी खेलाडी



काठमाडौं, (नेस)
आदिअवादी महिला भलिबल (एभीएल)मा सहभागि टिम चितवन टाईगर्सले ३ अमेरिकन खेलाडीलाई आबद्ध गरेको छ ।

बिहिवार आदीअवादी फाउन्डेसनका नेपाल प्रमुख सुर्य गुरुङले अन्तर्राष्ट्रिय एयरपोटमा खेलाडीलाई स्वागत गरेका थिए । अमेरिकन खेलाडीमा जासन ब्रिक्र्स,टे«स राउन्ड ट्री र डलटोन टु जोन रहेका छन् । उनिहरुले स्पाईकर र ब्लकरको भूमिका निर्वाह गर्ने छन् ।

चितवन टाईगर्सका अन्य खेलाडीमा राष्ट्रिय खेलाडी अरुणा शाहीले सेटरको भूमिकामा कोर्टमा उत्रिने छन् । पुनम चन्दले ब्लकर र स्पाईकरको जिम्मेवारी सम्माल्ने छन् । त्यस्तै अन्य खेलाडीमा सजना महतो,लिब्रो यमकली कुवँर,मोनिका महतो,आरती सुबेदी,जश्ना महतो रहेका छन् ।

कोचको भूमिका बाबुराम महतोले निभाउने छन् । एभीएल १३ गते देखि सुरु हुदै छ ।

प्रतिक्रिया दिनुहोस्