पितुर्के सिंह



पत्रकारिता क्षेत्रलाई बुझ्ने÷बुझाउने परिभाषा अनगिन्ती छन् । तर सञ्चारविद्हरुका परिभाषा समय सापेक्ष नभएर हो क्यार कहिलेकाहिँ मन्त्री, नेता र महत्वर्पूण जिम्मेवारी सम्हाल्याहरुले पनि पत्रकारितालाई परिभाषित गर्दै आएका छन् । कोरियाका नेपाली राजदूत अर्जुनबहादुर सिहले पत्रकारिता बुझाउन नयाँ शब्द न्वारन गरेछन् ‘पित्तकारिता’ ।

धरहराले धेरै पटक पीतपत्रकारिता सुन्या हो, बुझ्या हो, तर सिंहले परिभाषित ग¥या ‘पित्तकारिता’को अर्थ केलाउनै सकेन भन्या । धेरै मनन् गरेपछि बुझियो राजदूतको चित्त साह्रै सानो भएपछि उनले यो शब्द जुराएका रैछन् । खास कुरो के रैछ भने नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले त्यहाँ आयोजना गरेको कार्यक्रममा महासंघ अध्यक्ष गोविन्द आचार्यलाई आयोजकले प्रमुख अतिथिको दर्जा दिदै सिंहलाई विशिष्ठ अतिथि बनाएपछि उनी कड्किएका रैछन् ।

आफूलाई कोरियाको नेपाली राजा झै ठान्ने सिंह गर्जदै भने–‘के महासंघ, के पत्रकारिता, ‘पित्त पत्रकारिता’ गरेर पनि हुन्छ ।’ निचोरिएको कागतीको बोक्रा झै देखिएका उनले जतिबेर कार्यक्रममा बोले, पत्रकारिता क्षेत्रलाई गालीका शब्द मात्रै बर्साए । सिंहको पितुर्के तर्क सुनेपछि उनको खास परिचय प्रष्टिएको छ, उनले प्रवासी नेपालीलाई गर्ने व्यवहार कस्तो रहेछ भन्ने छताछुल्ल भएको छ ।

प्रतिक्रिया दिनुहोस्