प्रदेश ३ सम्भावना धेरै, सरकारको क्रियाशिलता कम



रोशन पराजुली, हेटौंडा
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ विकास र समृद्धिको दिशातर्फ जति तिव्र वेगमा अघि बढ्नु पर्नेहो त्यो हुन सकेको छैन । केन्द्रिय सरकार र केन्द्रिय राजधानी मात्र हैन प्रदेश सरकारले समेत यो प्रदेशलाई विकासको तिव्र गतिमा डोहो¥याउन सकेका छैनन् ।

सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडांै, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर र चितवन गरी १३ जिल्ला रहेको प्रदेश नम्बर ३ अन्य प्रदेश भन्दा अब्बल छ । सबै सरकारी संयन्त्रको केन्द्र रहेको मात्र हैन यो प्रदेशमा राष्ट्रिय अन्तर्राष्ट्रिय सबै निकायको मुख्य कार्यालयहरु पनि छन् । विकासको खाका कोर्ने, ऐन कानुन बनाउने सबै यहि प्रदेशमा बस्छन् । ठुला ठुला अस्पताल, उद्योग, कलकारखाना, शैक्षिक संस्थानहरुपनि यहि प्रदेश भित्र छन् ।

तीन वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी गरी कुल १ सय १९ स्थानीय तह रहेको प्रदेश नम्बर ३ जनसंख्याको हिसाबले पनि सबैभन्दा धेरै छ । २०६८ को जनगणनाअनुसार प्रदेशको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ । यो संख्या नेपालको कुल जनसंख्याको २० दशमलव ८७ प्रतिशत हो ।

हिमाल, तराई, पहाड तीनै भुभाग रहेको र सबै प्रकारको हावापानि पाहिने प्रदेश ३ लाई विकासको द्रुत मार्गबाट अघि बढाउने केन्द्रिय सरकार र प्रदेश सरकार दुवै असफल भएका छन् । सरकार गठन भएको आध वर्ष सम्ममा पनि यो प्रदेशलाई द्रुत गतिबाट विकास र समृद्धि तर्फ अघि बढाउने खास योजना सार्वजनिक गरिएको छ । युवाहरुको जनसंख्या बढी रहेको यो प्रदेशमा कुल जनसंख्यामध्ये ४० वर्षमुनिका व्यक्तिको संख्या ७५ प्रतिशत छ । नेपालको कुल जमिनको झण्डै ५४ प्रतिशत जमिन रहेको यो प्रदेशमा २४ प्रतिशत भन्दा बढी खेतियोग्य जमिन छ ।

प्रदेश ३ मा ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको संख्या ८.१३ प्रतिशत छ । प्रदेश (संस्थागत परिवारसहित) मा १२ लाख ७० हजार ७ सय ९७ परिवार छन् । यो नेपालको कुल परिवार संख्याको २३.४२ प्रतिशत हो भने औसत परिवार सख्या ४.३५ जना छ । प्रदेशमा ४ वा सोभन्दा कम सदस्य रहेको परिवार संख्या ६०.२३ प्रतिशत छ । यसबाट प्रदेशमा सानो परिवारप्रतिको आकर्षण बढिरहेको देखिन्छ ।

प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत जमिन बनले र ७.५७ प्रतिशत झाडी बुट््यानले ढाकेको छ । २४.३४ प्रतिशत जमिनमा खेती भएको देखिन्छ । सबभन्दा थोरै ०.२ प्रतिशत जमिन ताल÷पोखरीले ओगटेको छ । प्रदेशको कुल जमिनको ४.९ प्रतिशत जमिन समतल, ४.९ प्रतिशत जमिन हल्का ढल्केको र २३.६ प्रतिशत जग्गा भिरालो भएपनि कान्ला वा गरा बनाएर खेती गर्न सकिने खालको छ । यी तीनै वर्गका गरी जम्मा ३३.४ प्रतिशत जग्गा खेतीयोग्य देखिन्छ ।

प्रदेशका सात जिल्ला दोलखा, सिन्धुपाल्चोक, रामेछाम, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र धादिङको जनसंख्या वृद्धिदर नकारात्मक छ । प्रजनन्दर कम भएका कारण जनसंख्या वृद्धिदर नकारात्मक रहेको भनेर पत्याउन सकिने आधार छैन । तुलनात्मकरुपले काठमाडौं, ललितपुर र भक्तपुरको जनसंख्या वृद्धिदर बढी देखिन्छ ।

यी ७ जिल्लाका मानिस काठमाडौं उपत्यका र अन्यत्र बसाईं सरेको देखिन्छ भने ती जिल्लामा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य सेवासुविधा तथा पूर्वाधार कमी छ । कृषि उत्पादकत्व कमी, पहिरो आदि कारणले जनसंख्या वृद्धिदर नकारात्मक हुन गएको विश्लेषण छ ।

आयोगद्वारा सार्वजनिक विवरणका अनुसार प्रदेशको समग्र लंैगिक अनुपात (१०० जना पुरुषमा महिलाको संख्या) ९८.८ भए पनि ५ वर्ष मुनिको लंैगिक अनुपात १०० भन्दामाथि छ, जुन सबभन्दा बढी भक्तपुरमा ११५.५३ छ । समग्र प्रदेशभित्र ५ वर्ष मुनिको लैंगिक अनुपात १०८.२८ छ भने समग्र नेपालको १०४.९४ छ । नेपालको कुल जनसंख्याको ६२.९५ प्रतिशत मानिस शहर (नगरपालिका) मा र ३७.०७ प्रतिशत मानिस गाउँ (गाउँपालिका) मा बस्छन् ।

प्रदेशमा कुल जनसंख्याको ७२.५७ प्रतिशत मानिस शहरमा र २७.४३ प्रतिशत मानिस गाउँमा बस्छन् । नेपालको इतिहासमा शहरी जनसंख्या गाउँको भन्दा बढी देखिएको यो पहिलो पटक हो । राष्ट्रिय जनगणना २०६८ का अनुसार ६७.२ प्रतिशत परिवारको पहुँच धारा वा पाइपको पानीमा देखिन्छ । तर, खानेपानी तथा सरसफाइ विभागका अनुसार यस प्रदेशको ९१ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा पुगेको छ । प्रदेशमा परिवारले प्रयोग गर्ने शौचालयमध्ये ३५.९ प्रतिशत परिवारले फ्लसयुक्त शौचालय प्रयोग गर्छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेशमा शौचालय नभएको परिवारको प्रतिशत १७.२ छ । प्रदेशको कुल जनसंख्याको २०.४२ प्रतिशत तामाङ, १८.२८ प्रतिशत पहाडी व्राह्मण, १७.२८ प्रतिशत क्षेत्री र १६.९२ प्रतिशत नेवार छन् भने मगर, कामी, गुरुङ, थारु, राई, दमाई, सार्की र चेपाङको उपस्थिति १ देखि ५ प्रतिशतभित्र छ । बाँकी अरु जातिको उपस्थिति १ प्रतिशतभन्दा कम छ । १३ मध्ये ७ जिल्ला सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र मकवानपुरमा तामाङ, दोलखा र रामेछापमा क्षेत्री, काठमाडांै र चितवनमा व्राह्मण र भक्तपुर र ललितपुरमा नेवार समुदायको संख्या बढी छ ।

प्रदेशमा नेपाली मातृभाषीको संख्या ५७.४ प्रतिशत, तामाङभाषी १८.३ प्रतिशत र नेवारीभाषी १२.३ प्रतिशत छन् । यसबाहेक मगर, थारु र मैथिली बोल्नेको संख्या १ देखि २ प्रतिशतभित्र छ । अन्य भाषा मातृभाषीको उपस्थिति १ प्रतिशतभन्दा कम छ । कुल जनसंख्याको १८.२ प्रतिशत जनसंख्या अनुपस्थित छन् । अनुपस्थितमध्ये ७९.५ प्रतिशत पुरुष र २०.५ प्रतिशत महिला छन् । अनुपस्थितिमध्ये धेरैजसो (५६.९३ प्रतिशत) निजी नोकरीका लागि विदेश गएका छन् । विदेश गएकामध्ये सबभन्दा बढी (३७.३२ प्रतिशत) मध्यपूर्वमा गएका छन् ।

नेपालमा कुल ३९.९ प्रतिशत जनसंख्या आर्थिकरुपले सक्रिय भएकोमा प्रदेश ३ मा भने ४२.५ प्रतिशत आर्थिकरुपले सक्रिय छन । जुन नेपालको औसतभन्दा २.६ प्रतिशतले बढी हो । नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार नेपालको सूचकांक ०.४९० छ । यस प्रदेशको सूचकांक ०.५५८ छ, जुन सबभन्दा उच्च हो ।

मानव विकास सूचकांकमा नेपालका दश उत्कृष्ट जिल्लामध्ये यस प्रदेशका पाँच जिल्लाहरु क्रमशः काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र काभ्रेपलाञ्चोक छन् । राष्ट्रिय कृषि गणना, २०६८ अनुसार प्रदेशमा सिचाईं हुने जग्गाको जम्मा क्षेत्रफल १,१३,९७३.९ हेक्टर छ । यो खेती भएको कुल जग्गाको ३४.७२ प्रतिशत हो ।

खेती भइरहेको ६५.२८ प्रतिशत जमिनमा सिचाईं सुविधा पुगेको छैन । यहाँ सिञ्चित जग्गाको क्षेत्रफलमध्ये सिचाईंको स्रोतअनुसार नदी, तलाउ (स्वतःवहाब) बाट ६२.८५ प्रतिशत, बाँध रिजरभ्वायरबाट १८.२६ प्रतिशत र बाँकी अन्य स्रोतबाट जग्गा सिञ्चित भएको देखिन्छ । प्रदेशमा मकै, गहुँ, जौ, आलु, तोरी, कफी, अलैंची, लसुन र मासको उत्पादकत्व नेपालको औसत उत्पादकत्वभन्दा बढी छ । जनसंख्याको ठूलो हिस्सा रहेको यस प्रदेशमा खाद्यान्न उत्पादन आवश्यकताअनुसार हुन सकेको छैन ।

आर्थिक वर्ष २०७३÷०७४ को तथ्यांकअनुसार प्रदेशमा जम्मा खाद्यान्नको उपलब्धता ८,५२,६८० मेट्रिक छ .छ भने खाद्यान्न आवश्यकता १२,४२,६१८ मेट्रिक टन छ । यसको आधारमा यस प्रदेशमा ३,८९,९६१ मेट्रिक टन खाद्यान्न न्यून छ । प्रदेशमा गाई र भैंसीको गरी ३,५७,९३८ मेट्रिक टन दूध उत्पादन हुन्छ, जुन नेपालको कुल दूध उत्पादनको १८.७ प्रतिशत हो । भैंसी, खसी, बंगुरलगायत कुखुरा र हाँसको गरी ७५,००६ मेट्रिक टन मासु उत्पादन हुन्छ, जुन नेपालको कुल मासु उत्पादनको २२.५६ प्रतिशत हो ।

नेपालको कुखुराको कुल अण्डाको ५४ प्रतिशत अण्डा यस प्रदेशमा उत्पादन हुने गरेको छ ।

प्रदेशमा करिब ७० प्रतिशत इन्धन र ४० प्रतिशत पशुआहारा बन क्षेत्रबाट उपलब्ध हँुदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका हिसाबले प्रदेश महत्वपूर्ण छ । नेपालभरका १२ वटा राष्ट्रिय निकुञ्जमध्ये यस प्रदेशमा चितवन, लाङ्टाङ, शिवपुरी र पर्सा गरी ४ वटा राष्ट्रिय निकुञ्ज छन् । राष्ट्रिय निकुञ्जमध्ये चितवन राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिले प्रमुख गन्तब्य रहेको छ । नेपालको साक्षरता दर ६५.९४ प्रतिशत छ भने प्रदेशको साक्षरता दर ७४.८५ प्रतिशत छ । यो दर राष्ट्रिय साक्षरता दर भन्दा ८.९१ प्रतिशतले बढी हो ।

महिला र पुरुषको साक्षरता दर क्रमशः ६७.०४ र ८२.८२ प्रतिशत छ ।
औद्योगिक गणना २०६९ का अनुसार प्रदेशमा ९ सय ६५ वटा उद्योग (प्रदेशगतरुपमा सबभन्दा बढी) छन् । जसमा ४९ हजार १ जनाले जनाले रोजगारी पाएका छन् । उद्योग विभागका अनुसार २०७५ असार १४ सम्म प्रदेशमा मात्र ५ हजार ६३ (६७.६० प्रतिशत) उद्योग छन् । उद्योगको कुल लगानी हेर्दा प्रदेशमा ३७.७८ प्रतिशत लगानी छ ।

यहाँका उद्योगले कुल ठूला उद्योगले दिएको रोजगारीको ६०.८३ प्रतिशत हिस्सा ओगटेको छ ।

आव २०७३÷०७४ सम्मको घरेलु तथा साना उद्योगको संख्या हेर्दा करिब एक लाख (३७.६६ प्रतिशत) उद्योग यस प्रदेशमा छन् । यस प्रदेशमा भएका कुल उद्योगमध्ये ४३.५४ प्रतिशत उद्योग सेवा क्षेत्रमा, २७.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा, १५.६७ प्रतिशत पर्यटन क्षेत्रमा र १२.६७ प्रतिशत कृषि तथा बनजन्य क्षेत्रमा छन् । जिल्लागतरुपमा सबभन्दा बढी उद्योग काठमाडौंमा र सबभन्दा कम उद्योग रसुवामा छन् । प्रदेशमा चाँदी, तामा, फलाम, स्लेट, सिमेन्ट, म्याग्नेसाइट, अभ्रक, खरी, कोइला, कोवाल्ट, निकेल, खरी, गन्धक, मार्बल, युरेनियम, ग्यास, गेरु आदिको प्रचुर सम्भावना छ । सरकारले निजी क्षेत्रलाई खानी उत्खनन्का लागि दिएको १ सय २६ मध्ये ४५ वटा अनुमतिपत्र यस प्रदेशमा दिएको देखिन्छ ।

नेपालमा रहेका ११ औद्योगिक क्षेत्रमध्ये बालाजु, पाटन, भक्तपुर र हेटौंडा औद्योगिक क्षेत्र गरी ४ वटा औद्योगिक क्षेत्र यस प्रदेशमा छन् । हेटौंडाको मयुरधाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको डीपीआर र ईआईएको क्रममा छन् । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालमा १० वटामध्ये ८ वटा सम्पदा यस प्रदेशमा पर्दछन् । २०७५ वैशाख १२ गतेसम्ममा कुल १००६.८ मेगावाट् विद्युत् उत्पादन भएकोमा यस प्रदेशमा ३४०.३ मेगावाट् छ । यस प्रदेशमा २३२६.६ मेगावाट् विद्युत् उत्पादनगृह निर्माणाधीन छन्, जुन निर्माणको चरणमा रहेका ४ हजार ६ सय ४१ मेगावाट् आयोजनामध्ये ५० प्रतिशत भन्दा बढी हो । प्रदेशका सबै जिल्ला सदरमुकामलाई कालोपत्रे सडकले जोडिएको छ ।

जिल्ला सदरमुकामदेखि स्थानीय तहसम्म कुनै न कुनै किसिमको सडकले छोएको छ । प्रदेशमा नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल र अन्य ५ वटा विमानस्थल छन् । विमानस्थल भएर पनि लाङ्टाङ, जिरी र मेघौली सञ्चालनमा छैनन् भने रामेछाप विमानस्थलबाट पनि नियमित सेवा सञ्चालनमा छैन । तर सरकार भएको विमानस्थल सञ्चालनमा ल्याउने भन्दा पनि नया विमानस्थल बनाउने भन्दै हिडेको छ ।

प्रतिक्रिया दिनुहोस्