बालिका बलात्कार गरेको अभियोगमा पक्राउ



पर्वत ।
पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटका युवा १३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन ।
घरमा सुतिरहेकी बालिकालाई बलात्कार गरेको अभियोगमा कुस्मा नगरपालिका –२ का २० बर्षिय बिनोद नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ बर्षिया बालिका घरको वारदलीमा सुतिरहेको अवस्थामा घरको भित्ता र खम्वा हुदै वारदलीमा चढेर मुख थुनी जवरजस्ती यौन कृयाकलाप गरेको असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी परेको थियो । अभियुक्त नेपालीलाई पर्वत जिल्ला अदालतवाट करणी सम्वन्धी कसुर मुद्धामा थप अनुसन्धानको लागी ५ दिन म्याद थप भई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्