३ सय ६० नाइट्रोभेट बरामद



बाँके ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट लागु औषध नाइट्रोभेट बोकेर आएका दैलेखका युवा पक्राउ परेका छन् ।
तीन सय ६० ट्याब्लेट नाइट्रोभेट लिएर नेपालगञ्ज प्रवेश गर्दै गरेका परवनी तारमी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालीहरुको महान पर्वहरु नजिकिदै गर्दा रुपैडिहामा किनमेल गर्नेको संख्या बढ्दै गएकाले त्यही भीडबाट लागु औषध पास गर्न कारोबारीहरु लागिपरेका छन् ।
दैलेखमा पु¥याएर महंगोमा बेच्ने मगरको योजना थियो ।
दुई दिनअघि बाँकेकै शंकर थारु १३ सिसि लागु औषध कोरेक्सहित पक्राउ परेका थिए । उनी आफै प्रयोगकर्ता हुन् ।
रुपैडिहामा सहजै पाइने लागु औषध नेपालगञ्ज नाकाबाट भित्र्याएर पहाडी जिल्लामा पु¥याउने महंगोमा बेच्ने युवाहरुको समूह सक्रिय रहेको पाइएको छ । यस्ता युवाहरु कतिपय आफै रुपैडिहा पुगेर, कोही नेपालगञ्ज या कोहलपुरसम्ममा मगाएर कारोबार गरिरहेका छन् । लागु औषध बोक्नेहरुलाई प्रहरीले विशेष सूचना पाउदामात्रै पक्राउ गर्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस्