नेप्सेमा २२ अंकको वृद्धि



काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक २२ दशमलव ३० अंकले बढेर १ हजार २ सय ७९ दशमलव ९८ को बिन्दँमा पुगेर बन्द भएको छ । मंगलबार बजार खुलेदेखि पसरँचक निरन्तर उकालो लागेको थियो ।

मंगलबार कुल १ सय ७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर १ अर्ब ७ करोड ४२ हजार ३८ सय ३४ रुपियाँमा किनबेच भएको थियो ।

यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । सो बैंकको ८ करोड ५१ लाख ४८ हजार ७९० सय रुपियाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ता रहेका छन् । उक्त कम्पनीको शेयर मँल्यमा ९ दशमलव ८२ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा गोर्खाज फाइनान्सका लगानीकर्ता रहेका छन् । यसको शेयर मँल्यमा ४ दशमलव ५४ प्रतिशतले घटेको छ । यस दिन अन्य समँह बाहेक सबै समँह बढेका छन् । अन्य समँह १ दशमलव ४६ अंकले घटेको छ ।

सबैभन्दा बढी निर्जीवन बीमा समँह ६३ दशमलव ३८ अंकले बढेको छ । त्यस्तै विकास बैंक समँह ३७ दशमलव ८२ अंक, जीवन बीमा समँह ३७ दशमलव ३६ अंक, बैंकिङ समँह २९ दशमलव ३२ अंक, होटल समँह २२ दशमलव ७८ अंक, उत्पादक तथा प्रशोधन समँह १० दशमलव ९४ अंक, लघुवित्त समँह १० दशमलव ४४ अंक, जलविद्युत् समँह ७ दशमलव ३४ अंक, फाइनान्स समँह ५ दशमलव ५९ अंक र टेड्रिङ समँह २ दशमलव ७९ अंकले बढेका छन् ।

त्यस्तै मंगलबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि ५ दशमलव २५ अंकले बढेर २ सय ७२ दशमलव १६ अंकमा पुगेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्