पञ्चकन्या ग्रुपद्वारा आयोजित फ्लिक अवार्ड सम्पन्न



काठमाडौं, (नेस)
पञ्चकन्या ग्रुपद्वारा आयोजित फरक फिल्म प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताले चलचित्र निर्मातालाई उत्साहपँर्ण चुनौती प्रदान गर्नुका साथै मिडियाको पनि उल्लेख्य ध्यानाकर्षण गर्न सफल भएको कम्पनीको भनाइ छ ।

फिल्म निर्माणकर्मीबीच ‘खुल्ला’ यो प्रतियोगिता पञ्चकन्या ग्रुपले आफ्नो उत्पादन प्रचारप्रसार (प्रोड्क्ट प्लेसमेन्ट) का लागि फ्लिक अवार्ड मार्फत गरेको हो ।

प्रतियोगिता विभिन्न ४ विषयमा आधारित थियो । (शक्ति, लचक, पुनर्निर्माण र विकास (जुन पञ्चकन्याका ४ स्तम्भसँग सम्बन्धित छन् ।) जसमा फिल्म निर्माताले एउटा पञ्चकन्याको उत्पादनलाई पनि समेट्नुपर्ने थियो ।

सहभागिता १५ मे २०१८ सम्म मात्र खुल्ला थियो । सहभागी १५ सामग्रीले शुरुवती चरण पार गरी अघि बढ्न सफल भए ।जसमा अनिमेसन, टिभी विज्ञापन तथा सामाजिक सन्देश बोकेका जस्ता विविध क्षेत्रमा चलचित्रकर्मीका सामग्री रहेका थिए । केही सामग्री पुनर्निर्माणमा थिए, भँकम्पको क्षतिका बारेमा महŒवपँर्ण सन्देश थिए । चलचित्र क्षेत्रका हस्ती निर्णायकमण्डलमा थिए ।

निर्णायकको घोषणाबाट प्रथम पुरस्कार ( मिठो कम्पनको, काँचो माटो), द्वितीय पुरस्कार (रोनिश राउतको नयाँ घर,) त्यसपछि दुईवटा विद्यागत पुरस्कार उत्कृष्ट सिनेमाटोग्राफी (प्रितम क्षेत्रीको आखिर कहिलेसम्म र उत्कृष्ट कनसेप्ट एड्प्टेसन (विजय सुवेदीको द साउल अफ काठमाडौं, विजेतालाई क्रमशः १ एक लाख, रु ५० हजार र विद्यागत पुरस्कार विजेतालाई २५÷२५ हजार नगद प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्