हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्र्याे’ योजना सार्वजनिक



काठमाडौं, (नेस)
गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्र्यो’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले नजिकिँदै गरेको दशंै, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको हो ।

‘स्क्रयाच गरी, उपहार जिती, दंग परी’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ । यो योजनमा समावेश हुने ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्नेछन् ।

प्रसिद्ध ब्रान्ड हिमस्टारले नेपाली बजारमा स्तरीय होम अप्लाएन्सेस उपलब्ध गराउँदै आएको छ । ग्राहकले यो चाडपर्वको उपलक्ष्यमा हिमस्टारसँग नयाँ अनुभव प्राप्त गर्ने कम्पनीको विश्वास रहेको छ । ‘खुर्कियो कि फुर्कियो’ योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्