प्रदेश सातको नाम सुदूरपश्चिम राख्न सिफारिस,राजधानी गोदावरी



धनगढी । प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । नाम र राजधानीबारे अध्ययन गर्न गठित प्रदेशको संसदीय समितिले प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेको छ।

मंगलवारको प्रदेशसभा बैठकमा पेश गरिएको प्रतिवेदनमा समितिले प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ राख्न सुझाव दिएको छ।

समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो । यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प्रदेश ७ मा रहेका छन् । यसैगरी, कैलालीको अत्तरिया क्षेत्रमा पर्ने गोदावरी नगरपालिका ४ लाई राजधानी तोक्ने सिफारिस पनि समितिले गरेको छ ।

मंगलबारको प्रदेशसभा बैठकमा उक्त प्रतिवेदन पेश गरिएको हो। अब बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल सुरु गरिने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्