बारामा यामाहाको नयाँ शोरुम



काठमाडौं, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबार बाराको जितपुरमा नयाँ डिलर शुरू गरेको छ। एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ ९सेल्स, सर्भिस र स्पेयर पार्टस्०को सुविधा शुरू गरेको हो।

नयाँ शोरुमको उद्घाटन जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा। कृष्ण पौडेलले गर्नु भएको थियो। आजम इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरूको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन्।

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको शोरुम शुरू गर्नु गौरवको कुरा भएको आजम इन्टरप्राइजेजका प्रबन्ध निर्देशक मुगले आजम मन्सुरले बताउनुभयो।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर ३, एफजी २५, फेजर २५, आर १५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्। यामाहाले भर्खरै एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ। साथै फेजर प्लेटफर्मको फेजर २५ ले पनि राइडरलाई आकर्षित गरिरहेको छ।

एमएडब्लुले नाडा अटो सोमार्फत आर १५ भी ३, एक्सटिजेड र रे जेडआर स्ट्रिट ¥याली गरी तीन वटा नयाँ मोडेल सार्वजनिक गरेको थियो। यामाहाका मोटरसाइकल र स्कुटर प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन ९एफआई० प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरूमा माइलेज बढी पाइन्छ।

यामाहाले दशैं तिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ, जसमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले कम्तिमा ७ हजारदेखि १ लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउनुहुनेछ। साथै, हरेक साता एक जना ग्राहकले यामाहा आर ३ जित्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्