जगदम्बा कंक्रिटो प्रयोग गर्दा ७५ प्रतिशतसम्म बचत



काठमाडौं, (नेस)
जगदम्बा समूहमा आबद्ध उद्यमीले बेलायती र जर्मनी प्रविधिद्वारा निर्मित गुणस्तरीय प्रिकास्ट निर्माण सामग्री बजारमा ल्याएका छन्। सिमेन्ट, स्टिल्स्लगायत विभिन्न निर्माण सामग्रीको उत्पादन तथा बिक्री–बितरण गर्दै आएको जगदम्बा समूहका उद्योगीले जगदम्बा कंक्रिटो नामक उद्योगबाट ब्लक, ब्रिक, पेभरको साथै अन्य प्रि–कास्ट वस्तुहरू जस्तै फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन आदिको उत्पादन थालेका छन्। कम्पनीको मुख्य उद्देश्य उपभोक्तालाई उचित मूल्यमा उच्च गुणस्तरको वस्तु प्रदान गर्नु रहेको छ। उद्योगद्वारा उत्पादित निर्माण सामग्रीको प्रयोगले निर्माण लगानीमा १० देखि ७५ प्रतिशतसम्म बचत हुने कम्पनको दाबी छ।

घर, हाउजिङ, अपार्टमेन्ट, सपिङ कम्पेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक हुने इँटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याब आदि वस्तुको प्रयोगले निर्माणको फिनसिङमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्