होप भ्याली र रातो बंगलालाई उपाधि



 

काठमाडौं, (नेस)
होप भ्याली र रातो बंगलाले प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
ढोलाहिटीस्थित आयोजक ओसिस इङलिस स्कुलको कोर्टमा भएको प्रतिस्पर्धात्मक ब्वाइज फाइनलमा होप भ्यालीले विल्सन एकेडेमीलाई ५३–५० को साँघुरो अन्तरले पराजित ग¥यो । होप भ्यालीको जितमा सिजन महतले २२ अंक योगदान गरे ।

गल्र्सको थ्री अन थ्री उपाधि भिडन्तमा रातो बंगलाले एलआरआईलाई १५–४ ले हरायो । रातो बंगलाकी श्रेयाशी राणाले सर्वाधिक १० अंक जोडिन् ।

 

प्रतिक्रिया दिनुहोस्