दाङमा स्कूल बस पल्टिदा २४ जना घाइते



दाङ ।
दाङमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालक र विद्यार्थी गरी २४ जना घाइते भएका छन् ।

तुलसीपुरस्थित गोरखा माविको रा १ क १९९ नम्बरको विद्यार्थी बोकेर पूर्व विजौरीतर्फ जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को मोतिपुरस्थित खोला नजिकै दुर्घटना भएको हाे ।

तुलसीपुरस्थित गोरखा माविको रा १ क १९९ नं।को विद्यार्थी बोकेर पूर्व विजौरीतर्फ जाँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ को मोतिपुरस्थित खोला नजिकै दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परी चालक टिकाराम डाँगीसहित ३ विद्यार्थी गम्भीर घाइते भएको र्इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

चालक डाँगी र अर्का टाउकोमा चोट लागेका एक विद्यार्थीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्राथमिक उपचारपछि थप उपचारको लागि बाँकेतर्फ ‘रेफर’ गरिएको र अन्य दुई जना विद्यार्थीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ‘रेफर’ गरिएको डिएसपी सापकोटाले जानाकारी दिए।

प्रतिक्रिया दिनुहोस्