पार्टीको तल्ला कमिटीको गठन छिट्टै



दोलखा ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं प्रदेश तीनका सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको तल्ला कमिटीहरुको गठन प्रक्रिया अगाडि बढाउन आफुले आफ्नो ठाँउबाट प्रयत्न गर्ने बताउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशन इकाई दोलखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीको तीन नम्बर प्रदेश सचिव पोखरेलले सामाजिक संघ संस्था तथा पार्टीको भातृ संगठनहरुले पारदर्शी ढङ्गले सामाजिक अभियानलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।

फाउण्डेशनको तर्दथ समितिका संयोजक गोपाल न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य ईश्वरी रिजाल, प्रदेश सांसद सरस्वती बस्नेत, नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका प्रस्तावित अध्यक्ष भीमप्रसाद दाहाल, नेता इश्वरचन्द्र पोखरेल, तीन नम्वर प्रदेशका योजना आयोगका सदस्य श्याम बस्नेत, नेपाल कम्युिनष्ट पार्टी नेकपा दोलखाका नेता दिनेशराज शिवाकोटी, कृष्ण कार्की, मोहन थापा लगाएतले पार्टी निर्माणमा मदन भण्डारीको योगदानको चर्चा गर्नु भएको थियो ।

अधिवेशनले गोपाल न्यौपानेको अध्यक्षतामा ६९ सदसिय नयाँ कार्यसमितिको चयन गरेको छ । समितिमा बाबुकाजी कार्की उपाध्यक्ष, रोहित खड्का सचिव, पुष्कर अधिकारी सहसचिव र कमला वस्नेत कोषाध्यक्ष चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्