दोहोरो करको समस्या हटाउँछाैँः मुख्यमन्त्री पोखरेल



यमलाल भुसाल, बुटवल ।
पाँच नम्बर प्रदेशका अधिकांश क्षेत्रका जनता उद्योगी व्यापारीहरले जहाँ त्यही कर लगाएर समस्या उत्पन्न भएको गुनासो गरिरहेकै समयमा मुख्य मन्त्री शंखर पोखरेलले दोहोरो करको समस्या आउन नदिन व्यवस्थित रुपमा छलफल गरिरहेको खुलासा गर्नु भएको छ ।

रुपन्देही व्यापार संघको १७ औ साधारण सभालाई सोमवार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले करका सम्वन्धमा विष्तृत रुपमा छलफल सूरु भइसकेकाले दोहोरो करबाट उद्योगी , व्यापारीहरु मारमा नपर्ने बताउनुभयो ।
उहाँले प्रदेश अन्तरगतका स्थानीय सरकारहरुसंग समन्वय गरी प्रदेश सरकार जनताको हितका लागि साझा प्रतिवद्धताका साथ अघि वढ्ने गरी काम गरिरहेको बताउनुभयो ।

जनताका आकांक्षा अनुसार काम भइ नसकेको स्वीकार गर्दै मुख्यमन्त्री पोेखरेलले सरकार सहि दिशामा अघि बढिरहेको दावी गर्नुभयो ।

देशको अर्थतन्त्रलाई दाहोरो अंकमा आर्थिक बृद्धिगर्ने संघीय सरकारको नीति अनुरुप नै प्रदेश सरकार पनि लागिपरेको बताउनुभयो ।

रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य,सैनामैना व्यापार संघका अध्यक्ष जीवनाथ पाण्डे, पूर्व अध्यक्ष टंक पोख्रेल, नेपाली कांग्रेसका विष्णु पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव दिपक पौडेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष नीरु गौतम लगाएतले प्रदेश सरकारले जनताले महशुष गर्ने गरी काम गर्न माग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्