काँग्रेसले मस्यौदा विधानमा सुझाव संकलन गर्दै



दिपेन्द्र शर्मा, सुर्खेत ।
नेपाली काँग्रेसले मस्यौदा विधानका वारेमा कर्णालीमा सुझाव संकलन गर्ने भएको छ । सुझाव संकलनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्धय मानबहादुर बिश्वकर्मा र प्रदीप पौडेल सुर्खेत पुगेका छन । केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव संकलन गर्नका लागि सातै प्रदेशमा छलफल गरिने कार्यक्रम अनुसार सुर्खेतमा कार्यक्रम गर्न लागिएको हो ।

पार्टीको मस्यौदा विधानमाथि सुझाव संकलन गर्न सुर्खेत पुगेका केन्द्रीय सदस्य तथा विधान मस्यौदा समितिका सदस्य मानबहादुर विश्वकर्माले मुलुकको संघीय संरचना अनुसार पार्र्टीका संरचना लैजान सुझाव संकलन गर्न लागिएको बताए । ‘नेपाली काँग्रेस लोकतान्त्रिक पार्र्टी हुनुको नाताले पार्र्टीको विधान निर्माणमा पनि आम कार्यकर्ताको सहभागिता बढाउन जरुरी छ’ उनले भने, ‘त्यसैका लागि पार्र्टीको मस्यौदा विधानमा सुझाव संकलन गर्न थालेका छौ ।’ कार्यकर्ताबाट आएको सुझावको आधारमा विधान निर्माण गरि केन्द्रीय समितिको अनुमोदन पछि महासमिति बैठकले विधान पारित गर्ने उनले बताए । पार्र्टीको विधान ५२ वटा धारा रहेको भन्दै सोमवार र मंगलवार संचालन हुने सुझाव संकलन कार्यक्रममा सहभागितालाई विभिन्न पाँच समूहमा विभाजन गरी छलफल गरिने उनको भनाई छ ।

नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडलले विधान निर्माणमा कार्यकर्ताको अधिकतम सहभागिताका लागि मुलुकका सवै प्रदेशमा सुझाव संकलन गर्न लागिएको बताए । पार्र्टीका कार्यकर्ताको सुझावका आधारमा बनाउन लागिएको विधान नेपालका अन्य लोकतान्त्रीक पार्र्टीहरु भन्दा समावेशी हुने दावी गरे । ‘मस्यौदा विधानमा कार्यकर्ताको सुझाव संकलन पछि पूर्ण बनेको विधान नेपालका सबै पार्र्टीहरुको भन्दा समावेशी विधान बन्नेछ’ उनले भने, ‘नेपालको संविधानका सबै प्रावधानहरुलाई हुबहु आत्मसात गरेको पार्र्टी बनाउन यो विधान सफल हुनेछ ।’
नेपाली काँग्रेसको केन्द्रीय समितिले असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव संकलन गर्ने कार्यक्रम राखिएको छ । सुझाव संकलनमा कर्णाली प्रदेशका सबै जिल्लाका पार्टी सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख गरी दुई सय जना सहभागी हुने नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।
विधान संशोधनको मस्यौदा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने महासमिति सदस्यको बैठकमा पेश गरिने छ । काँग्रेसको विधान मस्यौदा समितिअन्तर्गत गठन भएका तीन वटै उपसमितिले प्रारम्भिक प्रतिवेदनका आधारमा उपसमितिको मस्यौदालाई एकीकृत गर्न सदस्य दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा आनन्दप्रसाद ढुङ्गाना र रमेश लेखक सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो ।
विधानको मस्यौदामा छलफलमा रहेका सबै विकल्प उल्लेख गरिएको जनाइएको छ । सातै प्रदेशमा हुने कार्यक्रममा मस्यौदामाथि दफावार सुझाव लिईने छ । संविधानको स्वरुपअनुसार पार्टीको विधान मिलाउने, अर्र्काे निर्वाचनमा दललाई ठुलो दल बनाउन विधानमा आवश्यक व्यवस्था गरिएको बताइएको छ । संविधानमा आरक्षणको व्यवस्था गरिएका आठवटै समूहलाई पार्र्टी विधानमा ठाउँ दिइने काँग्रेस जनाएको छ ।

सहकारी विधेयकका लागी सुझाव संकलन
कर्णाली प्रदेशमा सहकारी विधेयक निमार्णका लागी पहिलो पटक सुझाव संकलन गरिएको छ ।
कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिद्धारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज सरोकारवाला विचमा विधेयक निमार्णका लागी सुझाव संकलन गरिएको हो ।

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको आयोजना ,कर्णाली प्रदेश सरकारको भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला सहकारी संघ सुर्खेतको समन्वयमा तथा संसद सहयोग परियोजना यूएनडिपीको सहकार्यमा कर्णाली प्रदेशको सहकारी विधेयक २०७५को लागी जिल्लामा पुगेर सरोकारवालाको सुझाव लिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष प्रदेश सभा सांसद राजु नेपालीले जानकारी दिइन । सुर्खेतमा आयोजित कार्यक्रममा सहभागीहरुका विचमा सहकारी विज्ञ सुर्दशन ढकालले विधेयकलाई सहजीकरण गरेका थिए ।

कर्णाली प्रदेशको भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको विधेयक लाई धेरै भन्दा धेरै को सुझाव सल्लाहका लागी कार्यक्रमको आयोजना गरिएको नेपालीले वताइन । यस अघि कर्णाली प्रदेशका सुर्खेत ,दैलेख, जाजरकोट, रुकुम(पश्चिम) र सल्यानको लागी रुकुम –पश्चिम) को चौरजहारीमा , जुम्ला, हुम्ला,मुगु, कालीकोट र डोल्पाका लागी जुम्लामा जिल्ला सहकारी संघको समन्वयमा जिल्ला भरिवाट प्रतिनिधित्व हुनेगरि सहकारी क्षेत्रमा योगदान गरेका दलित र महिला सहितको सहभागीतामा कार्यक्रम आयोजना गरिएको उनले वताइन ।

सुझाव संकलन कार्यक्रममा प्रदेश सभाका कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही ,कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी , प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती विष्ट,सांसदहरु राजु नेपाली, कृष्णा शाह,यज्ञ वहादुर विसी लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्