४५ करोड लगानीमा भालु पहाडमा ड्रिम टुरिजम स्पट



नेपाल समाचारपत्र, पोखरा
स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित भालु पहाडमा ४५ करोड लगानीमा ड्रिम टुरिजम स्पटको रुपमा विकास गरिने भएको छ ।

उक्त स्थलमा पार्क निर्माण गर्न फेदीखोला गाउँपालिकाले भालु पहाड पर्यटकीय योजना अघि बढाउन लागेको हो । पोखरादेखि २८ किलोमिटरको दूरीमा रहेको भालु पहाड निकै शान्त र सुन्दर रहेको छ । माछापुच्छ्र«े, अन्नपूर्ण र धवलागिरी हिमालसमेत देखिने उक्त क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ कार्य थालिने भएको हो । ४५ करोड रुपियाँको लगानीमा बन्न लागेको भालु पहाड पार्कमा फन पार्क, झोलुङे पुल, हिन्दु र वुद्व धर्मलाई जोड्दै शिव र बुद्वको मुर्ति स्थापना गरेने छ भने पहाड घुमेर बगेको सेती नदीको सतहदेखि पार्क बन्ने स्थलसम्म पदमार्ग बन्नेछ । उक्त पदमार्ग नेपालमै पहिलोपटक नयाँ किसिमको हुनेछ जुन बालकुनी जस्तै गरेर पहाड अगाडि नै रहने छ ।

४५ करोडमा् बन्ने उक्त पार्कको पुल,बाटो, पार्क, मँर्ति, पदमार्ग, प्रवेशद्वार लगायतको मुख्य–मुख्य भौतिक निर्माणमा करिब २४ करोड २७ लाख ९५ कजार खर्च लाग्ने अनुमान गरिएको छ । जस अन्तर्गत सिदार्थ राजमार्गबाट पार्क बन्ने पहाडसम्म एक सय ७५ मिटरको लामो झोलुङे पुल निर्माणको लागि करिब ४३ लाख ७५ हजार, नयाँ किसिमको पार्क निर्माणको लागि एक करोड २५ लाख, २३ फिट अग्लो शिव र बुद्धको छुट्टाछुट्टै दुई वटा मँर्तिको लागि पाँच करोड, शिव र बुद्धको मँर्ति जोड्ने काठेपुल निर्माण गर्न तीन करोड, पार्कदेखि नदी सतहसम्म पुग्ने ५० मिटरको बालकोनी मार्ग (पदमार्ग) निर्माण गर्न एक करोड २० लाख र १२ फिटको पार्कको प्रवेशद्वार निर्माण गर्न १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

‘भालु पहाड पर्यटकीय योजना’ सार्वजनिक गर्दै फेदी खोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले ओझेलमा परेको पर्यटकिय स्थल भालु पहाडलाइ पर्यटकीय हबको रुपमा विकास उद्देश्यका साथ पार्क निर्माण गर्न लागेको बताउनुभयो । सुतिरहेको भालुका आकार देखिने उक्त पहाड राजमार्गसँगै जोडिएको र निकै मनोरम दृश्यका साथै शान्तिपँर्ण रहेकाले जोकोहीको पनि मन लोभ्याउने उनको भनाइ थियो ।

साढे तीन वर्षीय योजनाका साथ काम थालिने उक्त पार्कको लागि लगानी मोडल कसरी बनाउने भन्ने पक्षमा गाउँपालिकाले योजना बनाइ छलफल गरेको बताउनुभयो । भालु पहाड पार्क निर्माण योजनालाई सफल पार्नको लागि स्याङ्जाको स्थानिय निकायसँग हातेमालो गर्दै निजी क्षेत्रसँंग समेत सहकार्य गर्ने बताउनुभयो ।

‘यो एउटा राष्ट्रिय गौरवको कुरा पनि हो,
गण्डकी प्रदेशको पर्यटनलाई प्रवद्र्धन गर्नको लागि थप इट्टा थप्ने विश्वास गरेका छौ, एउटा पहाडमा भालुको आकार देखिनु निकै नै मनोरम छ, हामी हाम्रै स्रोत साधनको प्रयोग गरी स्याङ्जालाई पर्यटकीय हबको रुपमा विकास गर्न चाहान्छौ यसका लागि सबैको साथ र सहयोग आवश्यक छ,’ उहाँले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्