बेनी सहकारीको साधारणसभा सम्पन्न



म्याग्दी, (नेस)
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीमा १३३ जना शेयर सदस्य रहेका छन् भने कुल शेयर पुँजी २ करोड २ लाख ३२ हजार ९ सय रुपियाँ रहेको छ ।

यसैगरी सहकारीले २७ करोड ५१ लाख ६५ हजार ५०९ रुपियाँ लगानी गरेको छ भने २९ करोड ४२ लाख ६४ हजार १७३ रुपियाँ बचत रहेको जनाएको छ । सहकारीले गृह निर्माण, व्यापार, कृषि, उद्योग, हायर पर्चेज, शिक्षा, वैदेशिक रोजगार लगायतका विविध क्षेत्रमा लगानी गरेको जानकारी दिएको छ ।

साधारणसभाको उद्घाटन गर्दै संस्थाका पँर्वअध्यक्ष टंक हमालले सहकारी संघसंस्था समाज परिवर्तन र रुपान्तरणको संवाहक भएको बताउनु भएको छ । उहाँले सहकारीले व्यावसायिक र उत्पादनमँलक क्षेत्रमा लगानी वृद्धिमा जोड दिनुपर्ने भन्दै अहिलेको परिवर्तित सन्भर्दमा राज्यले सहकारी संघसंस्थालाई लगाएको करको दायरामा समायोजन हुनुपर्ने बताउनुभयो ।

सहकारीका सल्लाहकार हरिकृष्ण श्रेष्ठ र संस्थापक शेयर सदस्य प्रमोद श्रेष्ठले सहकारीमार्फत आर्थिक रुपमा विपन्नको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रम सञ्चालन गनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्