निगालो सामग्री लोप हुँदै



किरन धामी, दार्चुला ।
दार्चुलामा पछिल्लो समय निंगालोबाट बनेका सामग्रीहरु लोप हुँदै गएका छन् । निंगालोबाट बन्ने डोका, डालो, नाङला, मोट्टा, सुप्पा, छाप्रा लगायतका सामग्री निकै प्रचलनमा रहेका भए पनि पछिल्लो समयमा लोप हुदै गएका छन् । जंगल पहिले प्रशस्त पाइने निंगालो अहिले कम पाइन थालेको, तथा व्यवसायिक रुपमा उत्पादन कम गरिएको र यसको बजार पनि खस्किदै गएकाले निगालोबाट बनेका सामग्रीहरु लोप हुन थालेको यहाँका व्यापारीहरुले बताएका छन् ।
निंगालोबाट बन्ने सामग्रीको सट्टा प्लास्टिकका भाँडाकुडा प्रयोगमा आउन थालेपछि निंगलोका सामग्रीको बजार खस्कदै गएको कृषि उपज संकलन तथा बिक्री केन्द्र दार्चुलाका संचालक राजेन्द्र भट्टले बताए । निंगालोको सामग्री बनाउन पनि झण्झट हुने र उचित बजार समेत नपाउँदा समस्या हुने गरेको छ । हाल बजारमा पाइने प्लास्टिकका भाडा भन्दा कैयौं गुना राम्रो भएपनि पछिल्लो समयमा निगालोबाट बनेका सामग्रीहरुको बजार खस्कदै गएको छ । निंगालोबाट बनेका सामग्रीहरु राम्रा भएपनि पछिल्लो समयमा प्लास्टिकका भाडाकुडाले समस्या निम्त्याएको छ ।

वनजंगलमा पाइने निंगालो नपाइनुका साथै प्लास्टिकका भाडाको बढ्दो प्रयोगले निंगालोका सामग्री लोप हुँनु मुख्य कारण बनेको छ । निंगालोका सामग्रीबाट घरपरिवार चलाउन सहयोग मिल्ने भएको भएपनि प्लास्टिकका भाडाको प्रयोगले यो व्यवसायमा लागेकाहरु पलायन हुन थालेका छन् । सडकको अभाव, बजारको अभाव लगायतका कारणले निगालोका सामग्री लोप हुँदै गएको महाकाली नगरपालिका ३ का केशव दत्त भट्टले बताए । ‘जिल्लाको कुनै कुनै क्षेत्रमा निंगालोको व्यापार हुदै आएको भएपनि बजार छैन उनले भने, सडक तथा बजारको व्यवस्था छैन, प्लाटिकका भाँडाकुडामा आकर्षण बढ्दै गयो ।’

निगालोबाट बनेका सामग्रीहरु स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मानिन्छन् । तर पछिल्लो समय प्लास्टिकका सामग्रीको विक्रिवितरण बढ्नु, बजार नहुनु लगायतका कारणले लोप हुने अवस्थामा पुगेका छन् । दार्चुला जिल्लाको सबै स्थानीय तहमा उत्पादन हुने निगालो उत्पादन तथा सामग्री निर्माण हुने भएपनि व्यवसमयिकतामा ह्रास आाउदा बजारमा सामग्री नै अभाव रहेको छ । दार्चुलामा हाल केही मात्रामा कृषि उपज संकलन तथा बिक्री केन्द्र खलंगामा पाइने भएपनि उपभोक्ता समेत घटेका छन् ।

घरायसी रुपमा आवश्यक निगालो सामग्री खरीदका लागी मेला तथा पर्वमा मात्रै पाइने आम बुझाई रहदै आएको छ । निगालो उत्पादन आफ्नै कला र सीपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा ध्यान दिनु आवश्यक देखिएको छ । जंगलमा डडेलो लगाउने, निंगालोको संरक्षण हुन नसक्दा र नयांं पुस्ताले यो पेशा नअपनाउदा निंगालोवाट बनेका सामग्री पाईन समेत छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्