सितुको मजस्तै तिमी पनि



गायिका सितु खरेलको गीति अडियो एल्बम म जस्तै तिमी पनि सार्वजनिक गरिएको छ। एल्बमको उत्पादक तथा वितरक संस्था विन्ध्यवासिनी म्युजिक कम्पनीद्वारा राजधानीमा अयोजित एल्बम सितुका पति तथा सञ्चारकर्मी सुमन खरेलले सार्वजनिक गरेका हुन्।
सितुको सातौं एल्बमका लागि गीत बेलायतका लागि नेपाली राजदूत कवि तथा साहित्यकार डा. दुवसु क्षेत्रीले रचना गरेका छन्।

एल्बममा आधा दर्जन गीत संगृहित छन्। यी गीतमा न्ह्यु वज्राचार्य, सचिन सिंह, प्रभुराज ढकाल, चण्डीप्रसाद काफ्ले, हरि लम्साल र कर्णदासले संगीत दिएका छन्। सितुले भारतीय विद्या भवन, लन्डनबाट संगीतको शिक्षा लिएकी छिन् भने संगीत विद्यालय ट्रिनिटी कलेज, बेलायतबाट भारतीय शास्त्रीय संगीतमा ४ वर्षको पूर्णकालीन शिक्षा पनि हासिल गरेकी छिन्। गायिका खरेलले हरेक एल्बमबाट आर्जित आम्दानी सुस्त मनस्थिति भएका बालबालिकालाई सहयोग गर्दै आएकी छिन्। उनले एल्बमको बिक्रीबाट संकलित रकम मानव सेवा आश्रममार्फत समाजसेवाका क्षेत्रमा खर्च गर्ने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्