हेटौंडा क्र्युजले ल्यायो नशालु रैछौ



हेटौंडा, (नेस)। हेटौंडाको चर्चित डान्स ग्रुप द हेटौंडा क्र्युजको प्रस्तुति रहेको नयाँ गीत नशालु रैछको म्युजिक भिडियो सार्वजनिक भएको छ।

एसबीजी लामाको शब्द र स्वरमा सजिएको गीतको म्युजिक भिडियोमा क्र्युजका कलाकारहरू विष्णु, अमित, बिसु, दीपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिता छन्। गीतलाई एसबीजी र देवी रुम्बाले कम्पोज तथा गणेश सन्तोष प्रगाढले एरेन्ज गरेका हुन्। दिलकुमार लामाको संवाद र कथामा निर्माण गरिएको म्युजिक भिडियोलाई विष्णु ठकुरीले कोरियोग्राफी गरेका छन् भने पर्वत राईले निर्देशन गरेका छन्। छायांकन प्रितम मगरातीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्