जिर्ण पुलमा जाखिमपुर्ण आवतजावत



?

विनोद सिंह विष्ट, बैतडी ।
झोलुगें पुल जीर्ण हुँदा सुर्नया गाउँपालिकाका स्थानीय बासीन्दा जोखिमपुर्ण रुपमा आवतजावत गर्न बाध्य भएका छन् ।

गाउँपालिकाको केन्द्र जाने बाटोमा रहेको डोडेश्वर पुल जीर्ण हुँदा स्थानीयबासी र गाँउपालीकामा सेवा लिन जाने सेवाग्राहीलाई समस्या भएको हो । बर्षौं पहिला निर्माण भएको पुलका फल्याकहरु कुहेर झरीसकेका र बीचका फल्याक मात्रै रहेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया २ का मोहनबहादुर बिष्टले बताए ।


सतबाँझ श्रीभावर सडक बर्षाले अवरुद्ध भएपछि पैदल मार्ग जाने बाटोमा पर्ने डोेडेश्वर पुल जीर्ण हुँदा समस्या भएको छ । गाँउपालीकाको वडा नं १,२ र ३ का स्थानीयहरुले गाउँपालिकाको केन्द्र पुग्न सोही पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

बर्षातको समयमा खोला बढेकाले तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको सुर्नया ४ का प्रकाश भाटले बताए । उनले भने“पुलमा आवतजावत गर्न डर लाग्छ।”

डोडेश्वर खोलामा पुल नहुँदा विद्यार्थीहरुलाई समेत आवतजावत गर्न समस्या भएको रौलेश्वर माविका शिक्षक दिपेन्द्र बिष्टले जानकारी दिए। उनले भने“विद्यार्थीले प्रयोग गर्ने पुल जीर्ण हुँदा समस्या भएको छ ।”
बंसल्ला,पालीगाडा लगायतका गाउँबाट रौलेश्वर माविमा जाने विद्यार्थीहरुलाई पुल जीर्ण हुँदा समस्या हुने गरेको विद्यार्थीहरुले बताएका छन् ।
जीर्ण पुल गाँउपालिकाले अगामी बर्ष मर्मत गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्