जिल्ला अदालत पाल्पाबाट पहिलो अदालती विवाह



पाल्पा ।
मुलुकी संहिता २०७४ को दफा ७७ बमोजिम जिल्ला अदालत पाल्पाबाट पहिलो विवाह भएको छ ।

नयाँ मुलकी देवानी संहिता ऐन लागु भएपछि जिल्ला अदालत पाल्पामा पहिलो अदालती विवाह भएको पहिलो विवाह भएको हो ।

यसरी विवाह गर्ने जोडीमा तानसेन नगरपालिका वडा ६ बस्ने ३४ बर्षिय सरोजराज शाक्य र काठमाडाैँ महानगरपालिका वडा ३ बस्ने २८ बर्षिय उप्पलवणा शाक्य हुन । जिल्ला अदालत पाल्पाका जिल्ला न्यायाधिस शंकरराज बरालको रोहवरमा बेहुला पक्ष र बेहुली पक्षको सहमतिमा नयाँ मुलुकी अदालती विवाह भएको हो ।

जिल्ला अदालत पाल्पाले श्रेस्तेदार सुवर्णप्रसाद खनालको हस्ताक्षरमा मुलुकी संहिता २०७४ को दफा ८० को उपधारा २ बमोजिम दुुवै बीच विवाह दर्ता प्रमाणपत्र प्रदान गरेको छ । यस अघि यस्तो किसिमको विवाह जिल्ला प्रशासन कार्यालयबाट हँुदै आएको काम नयाँ संहिता लागु भएसँगै जिम्मेवारी अदालतमा गएको हो । नयाँ संहिता जारी भएपछि जिल्ला अदालत पाल्पाबाट भएको यो पहिलो विवाह भएको श्रेस्तेदार खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्