पेट्रोलियम पदार्थमा कोटा प्रणाली लागु, बाइकलाई ५ लिटर, लामो दुरीका सवारी साधनलाई १०० लिटरमात्रै



नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।

नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्ने आदेश दिएको छ ।

जारी गरिएको कोटा प्रणलीमा मोटरसाइकल, स्कुटरलाई बढीमा ५ लिटर मात्र पेट्रोल दिन भनिएको छ भने अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल दिने भनिएको छ । यस्तै डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्