मरिच तस्करीमा साइकलको प्रयोग



कृष्णउदास खनाल, वीरगन्ज ।
मरिचको तस्करीमा प्रशासनले कठाइ गरेपछि अहिले मरिच तसकरहरुले नयाँ शैली अपाउने गरेको पाइएको छ ।

तस्करहरुले नेपालबाट भारततर्फ मरिच लैजान साइकल प्रयोग गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साले १४ साइकलसहित १४ क्विन्टल मरिच बरामद गरेपछि यस्तो कुरा सार्वजनिक भएको हो ।
वीरगन्जबाट मरिच तस्करी हुने गरेको भए पनि बीचमा रोकिएको थियो । तर बिहीबार जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्ज महानगरपालिका–१, छपकैयाबाट १४ साइकलमा लोड गरिएका ५६ बोरा मरिच साइकल प्रयोग गरेर तस्करी हुँदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।

साइकलमा मरिच लोड गरी भारततर्फ लगिँदै गरेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बरामद गरेको मरिचको तौल १४ सय केजी छ ।साइकल प्रयोग गरेर मरिच भारतर्फ लैजाने कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिन भने प्रहरी असफल भएको छ ।

प्रहरीले मरिच र १४ साइकल भन्सार कार्यालयलाई बुझाएर यसबारे अनुसन्धान थालेको जनाएको छ । पर्सामै लागू औषध इन्जेक्सनसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्सा र लागू औषध नियन्त्रण व्यूरो कार्यालय, वीरगन्जबाट खटिएको प्रहरी टोलीले सबिन श्रेष्ठलाई पक्रेको हो ।

प्रतिक्रिया दिनुहोस्