इमरानको पहिलो विदेश भ्रमण, साउदी अरेबियामाथि कुनै देशबाट आक्रमण हुन दिन्न ः खान



रियाद, (एजेन्सी)
पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले साउदी अरेबियामाथि कुनै पनि देशलाई आक्रमण गर्न नदिने बताएका छन्।

पहिलो विदेश यात्राका क्रममा साउदी अरेबिया पुगेका प्रधानमन्त्री खानले एक अन्तरवार्तामा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। बुधबार उनले साउदी किंग सलमानसँग भेटवार्ता गरेका थिए। इमरान खान साउदी अरेबियापछि बिहीबार संयुक्त अरब इमिरेट्स पुगेका छन्।
प्रधानमन्त्री बनेपछि इमरान खानले आफू तीन महिनासम्म विदेश यात्रामा नजाने बताएका थिए तर उनी आफ्नो बचन तोडरे साउदी अरेबिया गए।

यस विषयमा इमरान खाने भने– ‘मलाई तीन महिनासम्म पाकिस्तानबाट बाहिर जानुहुन्न थियो। साउदी नरेश सलमानले आमन्त्रित गरे, त्यसैले आउनुपर्यो। मुसलमान भएकाले मलाई मक्का र मदिना पनि आउनुथियो। त्यसो त पाकिस्तनमा जब कुनै नयाँ प्रधानमन्त्री बन्छन्, तब उनले पहिलो विदेश भ्रमणका लागि साउदी अरेबियालाई नै चयन गर्छन्। सबै मुसलमानको हृदयमा साउदीको विशेष स्थान छ।

इमरानले यस भ्रमणका क्रममा साउदीमाथि कुनै पनि देशलाई आक्रमण गर्न नदिने बताएका थिए। अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएको पहिलो अन्तरवार्तामा खानले पाकिस्तान साउदी नरेशको साथमा सधंै उभिने बताए।

साउदी नेतृत्वले यमनमाथि गरिरहेको आक्रमणको विषयमा सोधिएको प्रश्नको जवाफमा इमरान खानले भने– ‘पाकिस्तान यसमा मध्यस्थको भूमिका निभाउन चाहन्छ। मुस्लिम देश एकजुट भएर आऊन् भन्ने हामी चाहन्छौं। यदि तपाईं हाम्रो भूमिका चाहनुहुन्छ भने हामी सकारात्मक भूमिका निभाउँछौं ता कि त्यसले संघर्ष अन्त्य गर्न सकोस्।’

मुस्लिम देशहरुलाई एकै ठाउँमा ल्याउन चाहेको र मध्यपूर्वमा शान्ति चाहेको उनले बताए। उनले भने– ‘यहाँ जुन युद्ध चलिरहेको छ त्यसमा मुसलमानलाई नै नोक्सान पुगेको छ। तपाईं यो लिबिया, सोमालिया, सिरिया र अफगानिस्तानमा देख्न सक्नुहुन्छ।’

पाकिस्तानमा शासनको विद्यमान दिशालाई परिवर्तन गर्ने बताउँदै पाकिस्तानका नागरिकको मानिसिकतामा परिवर्तन ल्याउने उनले बताए। पाकिस्तानीको जीवनलाई माथि उकास्ने र धनीहरुको विषयमा उनीहरुलाई धनी बनाउने नीति अन्त्य गर्ने उल्लेख गर्दै चीनले पनि त्यस्तै नीति लिएको उनले बताए।

पाकिस्तान विगत १५ वर्षदेखि आतंकवादको लडाइँका कारण समस्याग्रस्त रहेको र आतंकवादविरुद्ध लडाइँ लडिरहेको उनले बताए। पाकिस्तानले आतंकवादलाई कहिल्यै पनि प्रश्रय नदिएको उल्लेख गर्दै सेप्टेम्बर ११ आक्रमण गर्नेहरु पाकिस्तानमा नभएको उनले थपे। उनले भने– ‘यसमा कोही पनि पाकिस्तानी सहभागी थिएनन्। अलकायदा अफगानिस्तानमा थिए। यस युद्धमा पाकिस्तान सलंग्न हुनुको कुनै अर्थ छैन र पाकिस्तान यसबाट नराम्रोसँग प्रभावित भएको छ। ८८ हजार पाकिस्तानीले अहिलेसम्म ज्यान गुमाइसकेका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू इरानसँग पनि मिलेर काम गर्ने प्रष्ट पारे। साउदी र इरानको शत्रुता सुन्नी र सियाको विवाद महत्वपूर्ण रहेको छ। पाकिस्तानको सिमा इरानसंग जोडिएको छ। पाकिस्तानको आबादीमा सिया कम्तिमा १५ प्रतिशत रहेको छ। यस स्थितिमा पाकिस्तानका लागि साउदीको पक्षमा मात्र बस्नु त्यति सहज र लाभकारी मानिँदैन। इमरानले आफू साउदी अरेबिया र इरानबीच सन्तुलन बनाएर जाने प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्