फेसबुकलाई युरोपेली आयोगको चेतावनी



लन्डन, (एजेनसी)
युजर डाटालाई के गरिएको भन्ने बारे चित्तबुझ्दो तथ्य प्रकाशमा ल्याउन म्याद तोक्दै युरोपेली आयोगले नत्र प्रतिबन्ध खप्न तयार रहन बिहीबार फेसबुकलाई चेतावनी दिएको छ।

न्याय आयुक्त भेरा जोउरोभाले फेसबकलाई गत फेब्रुअरीमै तत्काल आफ्नो सेवाशर्तलाई अपडेट गर्न गरिएको अनुरोधलाई त्यसले बेवास्ता गरेको बताएकी छिन्। उनले अहिले आफ्नो धेर्यताको बाँध टुटिसकेकाले आफूले सजायँका लागि चेतावनी नै दिनुपरेको स्पष्ट पारेकी छिन्।

फेसबुकले आगामी ३१ डिसेम्बरसम्ममा आफ्नो काम गरिसक्ुनपर्नेछ। फेसबुकले आफूले केही परिवर्तन गरिसकेको र निरन्तर सहयोग गर्ने जनाएको छ। जोउरोभाले पत्रकारहरुलाई भनेकी छिन– ‘यदि हामीले कुनै प्रगति देखेनौं भने प्रतिबन्ध लगाउनेछौं। हामी संधै वार्तामा मात्र अल्झिरहन सक्तैनौं, कुरा स्पष्ट छ। हामी परिणाम हेर्न चाहन्छौं।’

फेसबुक र एयरबीएनबी दुवैलाई युरोपेली आयोगले फेब्रुअरीमा युरोपेली नीतिनियमअनुसार आफ्नो सेवाको स्वरूपलाई ढाल्न अनुरोध गरेको थियो। आयोगले तिनीहरुलाई प्रयोगकर्ताहरु अर्थात युजरहरुको संकलित सम्पूर्ण सूचना के गरियो भन्ने बारे तिनीहरुलाई पूर्ण ज्ञान दिन अनुरोध गरेको थियो।

तर एयरबीएबीले भने जुलाईमा यस विषयमा पुन ताकेता गरिएपछि पूर्ण पारदर्शिताका लागि आवश्यक परिवर्तनका लागि हल गरेको जोउरोभाले बताएकी छिन्। तर त्यसको तुलनामा विश्वभरि चर्चित सामाजिक सञ्जाल फेसबुकले भने थोरै सुधार गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्