दशैँका लागि अग्रिम टिकट बुकिङ भोलिदेखी नहुने



काठमाडौँ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ ।

नेपाल आयाल निगमले केहिदिन अघि मात्र इन्धनको मूल्य बृद्धि गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको थियो । सरकारलाई यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन ४८ घन्टे अल्टिमेटम पनि दिएको थियो । तर इन्धनको मुल्य भने अझैसम्म पनि घटेको छैन ।

आफूहरुको माग सुनुवाई नगरेको भन्दै महासंघले बैठक बसेर भोलिदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौला नेपाल समाचारपत्रलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्