अघोषित सार्वजनिक यातायात बन्दले सर्बसाधारणलाई सास्ती, सरकार मौन



यमलाल भुसाल, बुटवल ।
कसैको सार्बजनिक आब्हान बिना नै गित ३ दिन देखि सार्बजनिक सवारी साधन चलेका छैनन । प्रदेश ५ को राजधानी बुटवल सहित यस क्षेत्रका बिभिन्न बस पार्कबाट सार्बजनिक बस छुटेका छैनन । बस समितिहरुले पनि क्यु प्रकाशित गरेका छैनन ।

बन्दको आब्हान बिना नै सडकमा सार्बजनिक सवारी साधन नचलेपछी सर्बसाधारण भने अप्ठारोमा परेका छन ।बस मात्रै होइन टक समेत चलेका छैनन । सार्वजनीक सवारीका साधन नचल्दा जताततै अस्त व्यस्त भएको छ । तिन दिन वितिसक्दा पनि सरकार मौन रहनु लाजमर्दो विषय भएको छ ।

कुनै पार्टी तथा सस्थाले बन्द आब्हान नगरेको अवस्थामा किन सार्बजनिक सवारी चलेनन भन्ने सम्वन्धमा यस क्षेत्रका बस तथा टक समितिका पदाधिकारीहरुले चालक नआएकाले गाडी नचलेको बताएका छन । चालकहरुले पनि औपचारिक रुपमा बन्द गरेको भनेका छैनन । तर गाडी नचलाउने घोषणा वा आब्हान गर्दा पक्राउ परिने डरले चालकहरु र बस तथा टक समितिहरुले बिना घोषणा नै गाडी नचलाएको बुझिएको छ ।

सरकारले सिण्डिकेट खारेजीको घोषणा गरेर खाता रोक्का गरेपछी सरकारसंग रुष्ट बनेका व्यवसायीलाई अहिले अनौपचारिक रुपमा चालकहरुले समेत साथ दिएका छन । हालै सवारी ऐन संशोधन भएपछी चालकहरु त्यसको बिरोधमा उत्रिएका छन ।
संशोधित सवारी ऐनमा सवारी दुर्घटनामा चालकको लापवाही पाइए कडा कारवाही गर्ने व्यवस्था छ ।

पश्चिम नेपाल बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले चालक आएर गाडी चलाएमा समितिले काउण्टरबाट क्यु दिने बताउनु भयो ।

किन यस्तो भयो भन्ने सम्वन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले यातायात व्यवसायी समितिले चालकलाई देखाउने गरेको र चालकहरुको संगठन नभएकाले यसका बारेमा अध्ययन गरीरहेको बताउनु भयो । उहाले पुर्ण सुरक्षा दिन्छौ चलाउनुस भनेर आग्रह गरेका छौ केही बेर हेर्छौ अध्ययन गर्छौ तर अन्यौलमा राखिरहदैनौ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्