एकसय तीस किलो गोरुको मासु बरामद



भद्रपुर ।
चाडपर्व नजिकिदै आएपछि मासुको माग बढ्ने भएकोले कारोबारीले भारतबाट गोरुको मासु समेत नेपाल भित्र्र्याउन थालेका छन् । सशस्त्र प्रहरी गस्ती टोलीले वुधबार विहान १ सय २० किलो मासु बरामद गरेपछि घटना वाहिर आएको हो । बरामद मासुको मूल्य ४२ हजार रहेको प्रहरीले जनाएको छ ।

भारतबाट दुइजनाले वाँसको भारमा झुण्डाएर ल्याउदै गरेको अवस्थामा भद्रपुर–२ किचकबध क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी गण नम्बर २ ले जनाएको छ । प्रहरीलाइ देख्ने बित्तिकै मानिस भारत तर्फ नै भागेकोले सामान मात्र बरामद गर्न सफल भएको एसपी रेशम कुमार थाक्सूले बताए । बरामद गरिएको मासुलाइ भद्रपुरमा रहेको पशु क्वारेन्टाइन परिसरमा नष्ट गरिएको क्वारेन्टाइन अधिकृत कोषलेन्द्र झाले जानकारी दिए ।

४५ थान चौपाया पक्राउ
भद्रपुर बजारबाट भारत लैजादै गरेको ४५ थान चौपाया सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भद्रपुर–२ किचकबध नजिकै देउनिया खोलाको नेपाल–भारत दशगजा क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ गरिएकोमा ३० थान गोरु र दुइ थान देहुना गाइसमेत ४५ थान रहेको सशस्त्रका एसपी रेशम कुमार थाक्सूले जनाए । चौपायाको अनुमानित डेढलाख मूल्य रहेको एसपी थाक्सूको भनाइ छ । प्रहरीले पक्राउ गरेका चौपायालाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाएको छ ।
प्रकृया पूरा गरेर लिलाम बिक्रीका लागि विहीबार दुइपटकसम्म सूचना सार्वजानिक गरेपनि कसैले नलगेको भद्रपुर भन्सार अधिकृत गणपति कँडेलले जनाए । सशस्त्रको प्रतिवेदनमा १ लाख तीस हजार मूल्य आएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्