बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने



काठमाडौं ।
सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ । नेपाल विद्युत प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म (आवश्यकता अनुसार) बिजुली जानेछ ।

केन्द्रका प्रमुख सुरज रेग्मीले वनस्थली चौकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा बत्ती जाने जानकारी दिनुभयो ।

बालाजु–धर्मस्थली फिडरअन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा बत्ती जानेछ । त्यस्तै बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हँुदै एकलटार क्षेत्रमा विद्युत् जाने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्