सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, २ जना प्रहरी घाइते



सरोज यादव, सुनसरी ।
सुनसरीको हरिनगर गाँउपालिका भुटाहामा गोलीप्रहारबाट एक स्थानीय शिक्षकको हत्याभएको छ । भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको हो ।

मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक खुर्सित आलममाथि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार हतियारधारी समूहको गोली लागेर २ जना प्रहरी पनि घाइते भएका छन् ।

नेपाल भारत सीमा नाका घुस्कीमा चेकजाँचमा बसेका प्रहरी टोलीलाई गोली हानेर उनीहरू भागेका हुन । फरार हतियारधारी समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्