सिंहदरवारको कुर्सिमा लुकेको भ्रष्टाचारलार्इ बालुवाटारले संरक्षण दिएको छ: सांसद् डिला संग्रौला पन्त



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सिंहदरवारको कुर्सिमा भ्रष्टाचार लुकेको र त्यसलाई बालुबाटारले संरक्षण दिएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद् पन्तले सरकारले आफ्नो दायित्व बिर्सेर गलत बाटोमा हिँडेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार कहाँ छ भनेर भाषण दिने गरेको भन्दै उहाँले नेताहरु ठेकदारका घरमा पौष्टिक आहारायुक्त खाना खोज्दै हिँड्नुभएको आरोप समेत लगाउनुभयो । ‘३३ किलो सुन खोई, यसमा संलग्नलाई कारवाही गर्नुको साटो उन्मुक्ति दिइएको छ, यो के तरिका हो’ उहाँले भन्नुभयो ‘ प्रधानमन्त्रीले देश बिकाशको योजना तयार पार्ने कि भाषणमा मात्र समय बिताउने?।’

सांसद पन्तले वाइड बडी किन्दा अनियमितता भएको र धैरै रकम हिनामिना भएकोबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । संसद्मा अरु सांसदहरुले पनि सरकार निर्माण भएको ७ महिना बितिसक्दा पनि सरकारले जनताको मन जित्न नसकेकामा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्