तिब्बतमा तुलाधरको पौभा कला



नेपाली पौभा कलाकार राजप्रकाश तुलाधर चार दिने अन्तर्राष्ट्रिय थाङ्का कला महोत्सवमा सहभागी भएर नेपाल फर्केका छन्। चाइना इन्टरनेसनल थाङ्का फेस्टिबलमा सात देशका कलाकार सहभागी रहेका थिए।

थाङ्का चित्र बनाउने देशबाट सहभागीलाई आमन्त्रण गरिएको सो महोत्सवमा तुलाधरले नेपाली कलाका बारेमा मन्तव्यसमेत राखेका थिए। नेपाली परम्परागत पौभा कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सव फलदायी रहेको तुलाधरले बताए। तिब्बतस्थित ल्हासामा भएको महोत्सवमा सहभागिताका लागि २ हजार चित्र पठाइएकोमा १ सय ६० वटा मात्रै छानिएका थिए। तुलाधर नेपालको प्रतिनिधित्व गर्दै तिब्बत गएका थिए।

प्रतिक्रिया दिनुहोस्