चौरासी पुजाको रकमबाट बिद्यालयलाई डेढ लाख सहयोग



पर्वत ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १४ का एक बृद्ध दम्पतीले आफ्नो चौरासी पुजाको अवसरमा बिद्यालयलाई १ लाख ५० हजार रुपैंया सहयोग गरेका छन ।

कुस्मा नगरपालिका १४ आर्थर साहीस्वाँरा घर भै पोखरा महानगरपालिका घारीपाटन बस्दै आएका बबरजंग गुरुङ्ग र उहाँकी धर्मपत्नी पम्फाकुमारी गुरुङ्गले पञ्चकोशी माबि आर्थरलाई १ लाख ५० रुपैंया सहयोग गरेका हुन ।

गुरुङ्ग दम्पतीले उक्त सहयोग रकम चौरासीपुजाको अवसर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गरे । साविक आर्थर डाडाँखर्क गाबिस वडा नं ५ मा डेढ दशक भन्दा बढी वडा अध्यक्ष भएर सामाजिक सेवा गरेका बबरजंग गुरुङ्गले उक्त बिद्यालयको भौतिक र शैक्षिक बिकासमा निरन्तर सहयोग गर्दै आएका छन । कादुरी संस्थाका प्राबिधीक निर्देशक रहेका गुरुङ्ग दम्पतीका कान्छा छोरा ई. नारायाण गुरुङ्गले गत बर्ष मात्रै बिद्यालयमा १ लाख रुपैँया बराबरका फर्निचर सहयोग गरेका थिए भने नेपाल र बैदेशिक रोजगारमा रहेका गाउँबासीहरु संग बिद्यालयका लागि सहयोग अभियान चलाउँदै आएका छन । उनीहरुको पहलमा बिद्यालयमा अक्षयकोष स्थापना, भवन निर्माण तथा अन्य सहयोग रकम जुट्दै आएको बिद्यालयले जनाएको छ ।

चौरासी पुजाकै अवसरमा गुरुङ्ग दम्पतीले पञ्चकोशी आर्थर डाडाँखर्क समाजलाई १ लाख, कोने परिवार, बिभिन्न गुम्बाहरु, आमा समुह, आर्थरमा निर्माणाधिन पञ्चकोशी आमा समुहको भवन लगायतका संस्थाहरुलाई समेत सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्