विकासलाई मुख्य आधार बनाउन प्रदेश प्रमुखको आग्रह



हेटौंडा ।
प्रदेश–३ प्रमुख अनुराधा कोइरालाले चौथो सविधान दिवस मनाइरहँदा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक÷पटक गरेको जनआन्दोलन, त्याग र बलिदानको प्रतिफलस्वरुप ऐतिहासिक संविधानसभामार्फत् वर्तमान नेपालको संविधान प्राप्त गरेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा उहाँले शुभकामना दिनुभएको हो ।

उहाँले जनआकांक्षा र जनभावनाअनुरुप सामाजिक तथा आर्थिक विकासलाई मुख्य आधार बनाएर अघि बढ्न सबै क्षेत्रलाई अनुरोध गर्नुभयो । लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पु¥याउनेलाई धन्यवाद दिँदैं प्रदेशबासीलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो । कोइरालाले जनअपेक्षाअनुसार काम गर्न सम्बद्ध पक्षहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेश मन्त्रीहरु, प्रदेश सांसद्हरु, प्रदेश प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखलगायत विभिन्न सरकारी कार्यालय प्रमुखहरुको उपस्थिति थियो । संविधान दिवसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्