चौरजहारी नगरपालिकाले नगर बस संचालन गर्ने



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । चौरजहारी नगरप्रमुख विशाल शर्माले चौरजहारी देखि नुवाकोट सम्म नगर वस संचालन गरिने वताउनुभएको हो । नुवाकोट तथा खोलागाउँ क्षेत्रका सर्वसाधारण एवम व्यापार व्यावसायीहरुलाई यातायात सेवामा सहजताको लागी छिटटै नगर वस सेवा संचालन गरिने प्रमुख शर्माले जानकारी दिनुभयो ।

वर्षायाम सकिएको र लगत्तै चौरजहारी नुवाकोट सडक खण्डको सडक मर्मत गरी नगर वस सेवा संचालनमा ल्याईने तयारीमा रहेको उहाँले बताउनुभयो । सविधान दिवसको अवसरमा शर्माले चौरजहारीमा नगरपालिकामा आगामी मंसिरदेखि सुरु हुन लागेको प्राविधिक शिक्षा अध्ययनको लागी गरिव जेहेन्दार दलित महिला मध्य वाट स्टाफ नर्श ,ल्याव असिसटेन्ट , हेल्थ असिस टेन्ट , र फार्मेसी विषय अध्ययनको लागी नगरले आर्थीक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नगरको वडा नम्वर ३ को उमाचौरमा उद्यम वगैचा निर्माणका लागी रु १४ लाख रुकम छुटयाईएको समेत जानकारी गराउनु भयो वाट रुकुम सल्यान जाजरकोट तथा डोल्पा जिल्ला लाई आधार वनाएर शशस्त्र प्रहरी वलको तालिम केन्द्र स्थापनाको पहल अन्तिम चरणमा पुगेको प्रमुख शर्माले वताउनुभयो ।

कार्यक्रममा नेकपा नेता त्राmृषि प्रसाद शर्मा, कर्ण वहादुर घर्ति ,चौरजहारी अस्पताल प्रमुख डिल वहादुर गिरी शीतल क्याम्पस सहायक प्रमुख रमेश लामिछाने, शीतल क्याम्पस प्राचायर्, गणेश प्रसाद रिजालल,े छोटो समयमा नगरपालिकाले जनअपेक्षा भन्दा वढी काम गरेको भन्दै नगरको प्रसंसा गरेका थिए ।

त्यसैगरी नगर परामर्श समितिका संयोजक प्रेम वहादुर वली नेपाल दलितमुक्ती मोर्चाका कर्णाली प्रदेश संयोजक पुष्प वादी रेडक्रस जिल्ला सदस्य यदुकुमार आचार्य उद्योग वाणिज्य संघका अध्ययक्ष प्रेम गहतराज राष्ट्रिय वाणिज्य वैंकका प्रवन्धक हिक्मत कार्की लगाएतका वक्ताहरुले नेपालको संविधानको चर्चा गरेका थिए । कार्यक्रम नगरपालिकाको सभाहल चौरजहारीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्