संविधानको विरोध गर्दै मन्त्रीसमेत सडकमा



कृष्णउदास खनाल, वीरगन्ज ।
केन्द्र सरकारले राजधानी काठमाडौंमा धुमधाम साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टीका मन्त्रीहरु नै सडकमा उत्रिएर संविधानको बिरोध गरेका छन् ।

दुई नम्बर प्रदेशको वीरगन्ज सहित बिभिन्न शहरुमा बुधबार उनीहरुले कालो झण्डा लिएर नै संबिधानको बिरोध गरेका हुन् । मन्त्रीहरुमा राजपाको तर्फबाट प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह र भौतिक पूर्वाधानमन्त्री जितेन्द्रै सोनल सहभागी भएका छन् ।
तीन वर्षअघि संविधानसभाबाट बनेको संविधान टुत्री पूर्ण भन्दैआएको राजपाले केपी ओली नेतृत्वको सरकारलाई संसदमा समर्थन पनि गरेको छ। प्रदेश नम्बरुरका मन्त्रीहरु नै सडकमा संबिधानको बिरोधमा उत्रिएपछि सुरक्षानिकाय भने जिल्ल परेका छन् । संबिधानमा धेरै कुरा समावेश नभएका कारण आफूहरुले बिरोध गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले नेपाल समाचारपत्रलाई बताए ।

 

उनले संबिधान संशोधन नभएसम्म संबिधानको बिरोध जारी रहने बताए । संबिधानको बिरोध गरेको संघीय फोरमले भने कालो झण्डा सहितको बिरोधका कार्यक्रम भने गरेन । उसका नेता कार्यकर्ताहरु भने कोहीपनि संबिधानको बिरोधमा देखिएनन् । सांसद समेत रहेका फोरम पर्साका अध्यक्ष प्रदीप यादवले संबिधान संशोधन गर्न आफुहरु सरकारमा गएका कारण अहिले संबिधानको बिरोध आवश्यक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्