होममेड रिभल्वर सहित एक जना पक्राउ



दाङ ।
घोराही उपमहानगरपालिका(१२ बस्ने २१ वर्षीय जुनकुमार बुढालाई १ थान अवैध होममेड रिभल्वर सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई सोही उपमहानगरपालिका(१४ बडहराबाट मंगलबार राति उक्त रिभल्वर सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्