जापानी अर्वपति मायजावा पहिलो चन्द«यात्री



वासिंगटन,
एलोन मस्कको कम्पनी स्पेश एक्सले आफ्ले चन्द«मामा यात्रा गराउन लागेको पहिलो व्यक्तिबारे सुचना सार्वजनिक गरेको छ । अनलाइन फेसनका टाइकुन तथा ४२ वर्षिय जापानी अर्वपति युसुकु मायजावालाई ऐतिहासिक चन्दयात्राका लागि छनौट गरिएको मंगवार स्पेश एक्सले जनाएको छ ।

यो मिसन आगामी सन् २०२३ का लागि तय गरिएको हुन्छ भन्ने शत प्रतिशत दावी गर्न भने अझै कठिन रहेको बताएका छन् । अमेरि बताइएको छ । साथै यो सन् १९७२ यता मानवको पहिलो चन्द«मा यात्रा हुने भएको छ ।

तर यसका लागि आवश्यक रकेट अझै सम्म निर्माण गरिएको छैन । मस्कले यो उडान काको क्यालिफोर्नियाको हथोर्ने स्थित स्पेश एक्सको प्रधान कार्यालयमा यो घोषणा गरिएको हो । उक्त कम्पनीले सन् २०१६ मा मस्क्ले डिजाइन गरेको प्रक्षेपण प्रणाली बिग फल्कन रकेट ( बिएफआर ) मा सो उडान गराइने जनाएको छ ।

यस अघि नै टिव्टर मार्फत संभावित पहिलो चन्द«यात्रु जापानी नागरिक हुन सकने संकेत गरेका थिए । गत वर्ष अमेरिकाको न्युयोर्कमा आयोजित एक लिलाम कार्यक्रममा स्वर्गिय चर्चित कलाकार जिन मिचेल बास्क्वियात एउटा पेन्टिंग ११ करोड ५० लाख अमेरिकी डलरमा खरिद गरी युसुकु मायजावा निकै चर्चामा आएका थिए ।

कलाप्रेमी मायजावाले आफुले विश्वका छ देखि आठजना कलाकारलाई आफुसंगै चन्द«यात्रामा लाने आफ्नो योजना रहेको बताएका छन् । उनले पत्रकारहरुलाई भनेका छन् , ‘ चन्द्रमाबाट पृथ्वीमा फर्केपछि ति कलाकारहरुलाई म केहि नयाा कालाकृति सिर्जनाका लागि अनुरोध गर्दछुँ । ’

अहिले सम्म केवल चौबिसजना मानिस चन्द«मामा पुगेका छन् । तिनीहरु सबै अमेरिकी नागरिक हुन् । ति मध्ये १२ जनाले चन्द«माको सतहमा टेकेका थिए । सन् १९७२ को डिसेम्वरमा नासाको अपोल्लो १७ अन्तक्षि यानमा बसेर मानव चन्द«मामा पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्