अमेरिका–चीन ब्यापार युद्ध: २ खर्ब डलरको सामानमा आयात शुल्क, चीनले प्रतिशोध लिने



बेइजिङ/वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै चिनियाँ सामानहरुमा नया अतिरिक्त शुल्क लगाउने भएपछि त्यसको प्रतिशोध बाहेक अर्को विकल्प नभएको चीनले जनाएको छ ।

चीनबाट आयात हुने २ खर्ब डलर मुल्यका सामानहरुमा १० प्रतिशत अतिरिक्त शुल्क लगाउने र यदि चीनले अमेरिकी कदमको प्रतिशोध लिएमा थप करिब २ खर्ब ६७ अर्ब डलरमा उक्त कर लगाउने चेतावनी ट्रम्पले दिएपछि चीनियाँ वित्त अन्त्रालयले उक्त विज्ञप्ती जारी गरेको हो ।
उक्त संक्षिप्त विज्ञप्तीमा चीनको योजनाका विषयमा विस्तृत जानकारी राखेको छैन । तर विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआंगले एक पत्रकार सम्मेलनमा अमेरिकाको यस कदमले दुई देशबीचको वार्तालाई अनिश्चितता तर्फ ढकेलेको बताए ।

‘चीनले सँधै चीन–अमेरिका ब्यापार मुद्दा बराबर, इमान्दार र आपसी सम्मानका आधारमा वार्ता तथा परामर्सबाट समाधान गर्नु नै एक मात्र सही मार्ग भएकोमा जोड दिँदै आएको छ । तर यो बेला सबै कुरामा अमेरिकाले इमान्दारिता वा साखको मर्यादा देखाएको छैन । ‘ उनले थपे ।
सोमबार अमेरिकी राष्टपति ट्रम्पले लगाएको उक्त अतिरिक्त कर उसले आयात गर्ने ५ हजार भन्दा धेरै बस्तुहरुमा लागु हुनेछ । अमेरिकाले यसअघि पनि चिनियाँ सामानमाथि आयात शुल्क लगाइसकेको छ , तर यो एकैपटकमा लगाएको सबैभन्दा धैरै शुल्क हो ।

यसमा ह्यान्डब्याग, चामल र लुगा कपडा समावेश गरिएको छ तर केही बस्तुहरु जस्तै स्मार्ट घडी र प्ले पेनलाई यसमा समावेश गरिएको छैन । यद्यपी यसमा समावेश गर्ने सम्भावना पनि ब्यक्त गरिएको छ ।
यसअघि अमेरिकाको काठका फर्निचरमाथि आयात शुल्क लगाएको थिएन तर यो पटक पनि शुल्क लगाएको छ । यसको असर चीन लगायत अमेरिकामा फर्निचर बजारमा पनि पर्नेछ ।

यसअघि चीनले यदि अमेरिकाले आयात शुल्क लगाएमा त्यसको जवाफी कारवाही गर्ने प्रष्ट पारेका थिए । ट्रम्पले यदि चीनले अमेरिकी किसान वा उद्योग विरुद्ध जवाफी कारवाही नगर्न चेतावनी दिएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआगले अमेरिकाले नयाँ आयात शुल्क लगाउँछ भने चीन पनि आफनो हितको रक्षा गर्न बाध्य हुने बताएका थिए । उनले भनेका थिए– अर्को कुरा, यो ब्यापारी युद्धले कसैलाई कुनै फाईदा हुँदैन ।

नयाँ आयात शुल्क यसै महिना २४ बाट लागु हुनेछ । यसको सुरुवाट १० प्रतिशतबाट हुनेछ तर अर्को बर्षको सुरुवाट सम्ममा बढेर २५ प्रतिशत पुग्ने छ ।

राष्ट्रपति ट्रम्पले नयाँ आयात शुल्क चीनको ब्यापार गर्ने अनुचित तरिकाको जवाफमा भएको र सहुलियत तथा पक्षपाती नियमलाई लिएर भएको बताए ।
अमेरिका परिवर्तनको मार्गमा गइरहेको प्रष्ट पादै चीनलाई अमेरिकासँग उचित तरिकाले ब्यापार गर्न सबै अवसर दिएको ट्रम्पले बताए ।

प्रतिक्रिया दिनुहोस्