संविधान संशोधन मुद्धाबाट पार्टी पछि हटेको छैनः मन्त्री यादव



सरोज यादव, विराटनगर ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संबिधानका बिषयमा रहेका आफ्ना फरक मतहरु संबैधानिक प्रकृयाबाटै समाधानगर्न प्रयासरत रहेको बताएका छन ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गदै यादवले संबिधान संशोधन र परिमार्जनको मुद्धाबाट आफ्नो पार्टी पछि नहटेको बताए ।

त्यसलाई संबैधानिक प्रकृयाबाटै समाधान गराउने प्रयासरत रहेको पनि उनले बताए ।

चुनाव हुनुअघिको भन्दा अहिले राजनितिक कोर्स परिर्वतन भइसकेको भएपनि आफुहरुले यसअघि उठाउदै आएका सवालहरु यथावत रहेको बताए । स्थानीय,प्रदेश र केन्द्रस्तरमा समेत आफुहरु सरकारमा सहभागि रहेको उल्लेख गर्दे संबिधान संशोधन र परिमार्जनबाट अघि बढ्ने निति अनुरुप पछिल्लो समय मौलिक हक सम्बन्धि महत्वपुर्ण कानुनहरु बनेको र छिट्टै नागरिकता ऐन आउन लागेको उनले बताए ।

फरक प्रसंगमा उप्रधानमन्त्री यादवले देशमा शान्ति सुरक्षाको अवस्था खस्किएको नभई आपराधिक कृयाकलापहरु बढेको बताए । उनले त्यस बिषयमा थप सर्तकता अपनाएर अघि बढेको बताउदै अपराधीलाई उम्किन नदिनेगरि कार्यहरु भइरहेको दाबी गरे ।

उनले सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन उपलब्ध रहेका चिकित्सकभन्दा थप ७५ प्रतिशत चिकित्सकहरुको आवश्यकता रहेको बताउनुहुंदै थप ल्याब टेक्निसियन र हेल्थ वर्करहरु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्