निर्मला पन्त घटनाको अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाइयो



नेपाल समाचारपत्र, काठमाडौं ।

निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ। पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुनसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई पठाइएको हो।

१३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि उनका बुवाआमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर कञ्चनपुर प्रस्थान गरिसकेका छन् ।

बलात्कारपछि हत्या भएको घटनको ५४ दिन पुगिसक्दा पनि प्रहरीले अझैसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्