क्युवामा समलिंगी विवाहले मान्यता पाउने



हवाना,(एजेन्सी)
क्युवाली राष्ट्रपति मिगेल डियाज क्यानेलले सोमवार समलिंगी विवाहका ेसमर्थन गरेका छन् । १९ अप्रिलमा क्युवाली नेता राउल क्यास्त्रोको कार्यभार सम्हालेका उनले आफुले समलिंगीहरुलाई बिना कुनै रोकतोक विवाह गराउने प्रावधानलाई मान्यता दिने बताएका छन् ।

टेलिभिजन टेलेसुरलाई अन्तर्वार्ता दिने क्रममा आफुले समाजमा समलिंगीहरु माथि कुनै पनि किसिमको भेदभाव हुन नदिने बताएक छन् । क्युवाले संविधानलाई अपडेट गर्ने प्रक्रिया अघि बढाइरहकोबेला समलिंगी विावहको प्रसंग बाहिरिएको हो ।

यस प्रस्तावित संविधानले कुन ैसमय निकै लोकप्रिय सन् १९७६ को राष्ट्रिय विधानलाई प्रतिस्थापन गर्ने भएके छ । छलफिल र बहश करिव सकिसकेको यो नयाँ संविधानका ेमस्यौदा सन् २०१९ को फेब्रुअरीमा हुने राष्ट्रिय जनमत संग्रहले अनुमोदन गर्ने भएको छ ।

सन् १९५९ क्युवाली क्रान्तिपछि दशकौं सम्म समलिंगीहरु माथि कडा कानुनी कारवाही हुँदै आएका ेहो । तर विशेष गरी राउल क्यास्त्रोकी पुत्री म्यारिएलाका अभियानको कारण केहि वर्ष यता देखि भने क्युवाली सरकारले समलिंगी समुदाय माथि नरम व्यवहार गर्न थालेका ेहो ।

यौन शिक्षका लागि क्युवाली राष्ट्रिय केन्द«का अध्यक्ष रहेकी उनले समलिंगी अधिकारका लागि आवाज उठाउँदै आएकी छिन् । अमेरिकी तत्कालि राष्ट्रपति वाराक ओवामा र क्युवाली सरकारबिचको गोप्य वार्तापछि लामो समयदेखि चिसिँद ैआएके दुई देशबिचको सम्बन्धमा सुधार आएको हो ।

प्रतिक्रिया दिनुहोस्