ओसिसको मिश्रित प्रदर्शन



काठमाडौं, (नेस)
आयोजक ओसिस स्कुलले प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन सोमबार मिश्रित प्रदर्शन गरेको छ ।

ढोलाहिटीस्थित घरेलु कोर्टमा ब्वाइजमा ओसिस ‘ए’ ले एकमा जित हात पा¥यो भने अर्कोमा पराजय भोग्यो । ओसिस ‘ए’ ले क्याम्पियन एकेडेमीलाई ६२–४१ ले पराजित ग¥यो । ओसिस ‘ए’ को जितमा हरिश शाहीले २८ अंक योगदान गरे । सुजन महतको २६ अंक सहयोगमा होप भ्यालीले ओसिस ‘बी’ लाई ५३–१३ ले सजिलै हरायो ।

ब्वाइजको अन्य खेलमा रेडिअन्टले इरिस एकेडेमीलाई ५४–४७, रातो बंगलाले क्यारेबियनलाई १९–१३, एलआरआईले ग्रामरलाई ४९–३१, नालान्डाले कमललाई ३३–१५, विल्सन एकेडेमीले नेपालयलाई ५७–२९ तथा किस्कले विराटलाई ५६–४४ ले पन्छाए ।

प्रतिक्रिया दिनुहोस्